असई थमनको हत्या आरोपमा पक्राउ परेका २८ जनामाथिको मुद्दामा प्रतिपक्षबाट सात जना अधिवक्ताले बहस सके
जलेश्वर–महोत्तरीमा गत भदौ २५ गते सशस्त्रका असई थमन विश्वकर्माको हत्या तथा एम्बुलेन्स आगजनी मुद्दामा पक्राउ परेका ३ जना तथा फरार भनिएका २५ जना गरि कुल २८ जनामाथिको मुद्दामा प्रतिपक्षबाट ७ जना अधिवक्ताले आज वहस सकेका छन् । बार एशोसिएसन महोत्तरी र धनुषाका जम्मा ५६ जना अधिवक्ताहरु प्रतिवादीको तर्फबाट वहस गरिरहेकोमा जम्मा ७ जना अधिवक्ताले आज समय अभावका कारण वहस गर्न सकेका हुन् ।
प्रहरीको कडा सुरक्षा बीच भएको वहसमा नेपाल बार एशोसिएसन महोत्तरीका अध्यक्ष विजय ठाकुरले वहसको सुरुवात गर्दै सरकारी अधिवक्ता सुदिप दंगालले पेश गरेका एक अडियो क्लिप, दुई भिडियो क्लिप तथा चारजना साक्षीको वयानमाथि प्रतिप्रश्न गर्दै अडियो क्लिप जम्मा ६७ प्रतिशत मेल खाएको जुन पर्याप्त नभएको, भिडियो क्लिपमा पक्राउ परेकाहरुको उपस्थिति नदेखिएको तथा चारैजना साक्षी घटना हुनु पूर्व नै भागेको तथा कसैले हत्या गर्नेहरुको अनुहार नदेखेकोले यिनीहरुले नै हत्या गरेको हो भनि भन्ने ठोकुवा गर्न नसकिने जिकिर गरेका थिए ।
साथै पक्राउ परेका तीनै जनालाई कुटपिट गरि प्रहरीले नै लेखेर ल्याएको बयानमाथि जबर्जस्ती सहिछाप गराएको भनि तीनै जना अभियुक्तले न्यायाधीशलाई बयान दिइसकेपछि प्रहरीले पेश गरेको अभियुक्त आधारहिन भएको समेत वहसका क्रममा भनेका छन् । वहस १ नं. न्यायाधीश किरण कुमार पोखरेल समक्ष गरिएको थियो ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समेत आफ्नो कार्यकर्ताहरुमाथि झुठा मुद्दा लगाएको भनी जलेश्वर बजार बन्द गराएको छ भने ठाउँ–ठाउँमा एक पक्षिय फैसला नगर्न ब्यानर समेत लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण