निगमको अर्को विवादास्पद निर्णय : मोटो कमिसन लिएर ग्यास बुलेट निजीलाई खरिद गर्ने अनुमति
काठमाडौं — विरोधका बावजुद नेपाल आयल निगमले निजी क्षेत्रलाई १ सय ८० वटा बुलेट ग्यास खरिद गर्ने निर्णय गरेको छ । निगमले १ सय ८० वटा ग्यास बुलेट विभिन्न व्यक्तिलाई खरिद गर्न दिने निर्णय गरेको हो ।
सोमबार साँझमात्र आयल निगमका एलपीजी ग्यास विभाग प्रमुख मुकुन्द घिमिरेले यसमा टिप्पणी उठाएका छन् । दिनभरि विप्लव माओवादीका कारण निगमका प्रबन्ध निर्देशक गोपाल खड्का साँझसम्म कार्यालय प्रवेश नगरेकाले सदर भने गर्न बाँकी छ । यसका लागि आपूर्ति मन्त्रीले समेत सहमति जनाइसकेको स्रोतले बताएको छ ।
ग्यास बुलेटहरु निजी क्षेत्रलाई दिन नहुने सरोकारवाला र निगमकै कर्मचारीले उठाउँदै आएका थिए । निजीलाई ग्यास बुलेट किन्ने अनुमति दिए उनीहरुले जतिबेला पनि आन्दोलन गरेर ढुवानी रोक्न सक्ने र अप्ठ्यारा सिर्जना गर्न सक्ने भन्दै सरोकारवालाहरुले निगमले नै बुलेट किन्नुपर्ने सुझाव दिएका थिए । अहिले नेपालमा भारतीय बुलेटहरु मात्र ग्यास भित्राइरहेका छन् । बेलाबेला उनीहरुले आन्दोलन गर्दा समस्या हुने गरेको छ ।
एलपीजी ग्यास विभाग प्रमुख, निगमका प्रबन्ध निर्देशक र मन्त्रीकोको मिलेमतोमा यो निर्णय गरिएको स्रोतको दाबी छ । यसका लागि मोटो कमिसन रकम लिइएको छ । एउटा बुलेट खरिद गर्ने अनुमति दिँदा पाँच लाखसम्म कमिसन लिइएको छ । यसबारे रातोपाटीले मंसिर १६ गते नै समाचार लेखिसकेको छ ।
हेर्नुहोस् समाचार
आयल निगममा अर्को बदमासीको तयारी : ग्यास बुलेट खरिदमा साढे २२ करोड कमिशनको खेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण