जन्मियो राष्ट्रवादी पत्रकारहरुको संगठन
काठमाडौँ– गोपाल पौडेलको अध्यक्षतामा 'मिडिया नेपाल' नामक राष्ट्रवादी पत्रकारहरुको संगठनको घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रवादी पत्रकारहरुको सो संगठनको घोषणा गरिएको हो । २५ सदस्यीय केन्द्रिय समिति रहेको संगठनमा पाँच विकास क्षेत्र र काठमाडौँ उपत्यकाबाट एक–एक उपाध्यक्ष रहने व्यवस्था रहेको छ । जसअनुसार पूर्वाञ्चलबाट इन्द्रसिंह राजवंशी, मध्यमाञ्चलबाट टीकाराम परियार, पश्चिमाञ्चलबाट सूर्य वास्तोला, उपत्यकाबाट रेशम पौडेल, मध्यपश्चिमाञ्चलबाट उदय श्रेष्ठ र सुदूर पश्चिमाञ्चलबाट हेमबाबु लेखक उपाध्यक्ष रहेका छन्।
यसैगरी महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा टेकराज शाही र मुकुन्द ढुंगाना, कोषाध्यक्ष ध्रुव बस्नेत रहेका छन् । सो संघठन घोषणा सभामा उपस्थित उपप्रधानमन्त्री कमल थापाले आमसञ्चार र पत्रकारिता क्षेत्रमा रहेको दलगत प्रभावले स्वतन्त्र र व्यवसायमूलक पत्रकारितामाथि चुनौती खडा गरेको औंल्याए ।
परराष्ट्रमन्त्री थापाले समेत रहेका थापाले बाह्य शक्तिको प्रभावमा निश्चित उद्देश्य बोकेर खडा भएका गैरसरकारी संस्थामार्फत आमसञ्चार क्षेत्रमा ठूलो परिणाममा प्रत्यक्ष वा परोक्ष रुपमा ठूलो लगानी भइरहँदा स्वाभिमानी पत्रकारिता र सामाजिक मूल्यमान्यतामा आघात पुगिरहेको विचार व्यक्त गरे ।
नेपालको परम्परागत, धार्मिक, सांस्कृतिक मूल्यमान्यतामाथि आक्रमण र अतिक्रमण भइरहेको छ, यो भुसको आगोजस्तो भई सामाजिक सद्भाव र एकता खलल पु¥याउन सक्नेतर्फ टड्कारो रुपमा देखिएको छ भन्दै थापाले सुशासन र आर्थिक विकासको चुनौतीलाई सम्बोधन गर्न सरकार र राजनीतिक क्षेत्रबाट मात्रै सम्भव नरहेको टिप्पणी गरे ।
कार्यक्रममा प्राध्यापक पी खरेल, पत्रकार युवराज घिमिरे, सञ्चार उद्योगी भाष्करराज राजकर्णिकार, कान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, रेडियो प्रसारण सङ्घका अध्यक्ष गोपाल झा र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामहरि सिलवाललगायतको पनि उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण