रसुवाका पाँच स्थानमा एकीकृत बस्ती बसाल्ने प्रस्ताव
धुन्चे (रसुवा) - वैशाख १२ को भूकम्पपछि विस्थापित परिवारलाई सुरक्षित बास दिलाउन रसुवाका विभिन्न ठाउँमा एकीकृत बस्ती बसाल्न प्रस्ताव गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयबमोजिम विस्थापित परिवारलाई एकीकृत बस्ती बसाल्न लहरेपौवा गाविसको नौबिसे र बोगटीटार, सरमथलीको पारच्याङ र पाटीखर्क र भोर्लेको लामाचेत सिफारिस भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । यस्तै, भूकम्पपीडितलाई सरकारले उपलब्ध गराउने पुनःनिर्माणको राहत वितरणको लागि जिल्लाका चार स्थानमा वितरण केन्द्र बनाउन सिफारिस भएको छ । प्राप्त विवरणअनुसार प्रस्तावित चार केन्द्रमा ग्रामीण भूकम्पपीडितमध्ये लहरेपौवा, डाँडागाउँ, ठूलोगाउँ र सरमथलीका लागि बेत्रावतीस्थित हिमालयन बैंक, भोर्ले, धैबुङ, यार्सा गाविसका लागि कालिकास्थानस्थित आइसिएफसी फाइनान्स लिलाई प्रस्ताव गरी पठाइएको छ । यस्तै, धुन्चे, हाकु, राम्चे र लाङटाङ क्षेत्रका लागि धुन्चेमा रहेका बैंक र स्याफ्रु, गोल्जुङ, चिलिमे र गत्लाङका लागि स्याफ्रुबेँसीमा रहेको मेगा बैंकमार्फत भुक्तानी दिन केन्द्रमा सिफारिस गरी पठाइएको दैवीप्रकोप उद्धार समितिका सदस्य सचिव विष्णु प्रसाद कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण