चट्याङ लाग्दा तीन महिला घाइते
मङ्गलबार, ०२ चैत २०७२, ०९ : २३
कालीकोट - जिल्लाको भर्ता गाविसमा सोमबार परेको चट्याङ लागेर तीन जना महिला घाइते भएका छन् । भर्ता गाविस–६ को छाप्रे गाउँमा एकै घरका तीन महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ । कार्यालयका अनुसार घाइते हुनेमा गौमता सुनार, किटी सुनार र हीराकुमारी सुनार रहेका छन् । उनीहरु घरमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा घाइते भएको बताइएको छ । घाइतेमा एक जनाको अवस्था गम्भीर रहेको छ भने तीनै जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको बताइएको छ । चट्याङ लाग्दा घरमा रहेको एउटा भैँसीसमेत मरेको स्थानीय गगन मल्लले बताए । केही महिनाअघि चट्याङ लाग्दा रास्कोटमा दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण