शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जन्ती बोकेको बस दुर्घटना, सात घाइते

मङ्गलबार, ०२ चैत २०७२, ०९ : २६
मङ्गलबार, ०२ चैत २०७२
सप्तरी - राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको बभनगामाकट्टी–३ स्थित तोपा सडकखण्डमा सोमबार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । भारदहबाट जन्ती लिएर राजविराजतर्फ आउँदै गरेको बा १ ख ९४८१ नम्बरको बस बे्रकफेल भई अचानक पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो बसमा सवार सात जना घाइते भएका छन् । घाइते हुनेमा मधुवापुर गाविस–२ बस्ने १४ वर्षीय नीरजकुमार मण्डल, सोही ठाउँका २५ वर्षीय नितेशकुमार मण्डल, बारा गढीमाई सीतापुरका ४५ वर्षीय मो कलाम आजाद मियाँ र भारतको सुपौल निवासी २० वर्षीय जीतेन्द्र मण्डलसहितका रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप