सञ्चालनको दोस्रो दिन मेट्रो बसमा ढुङ्गा प्रहार
मङ्गलबार, ०२ चैत २०७२, १० : ४२
काठमाडौँ -सञ्चालनको दोस्रो दिन सोमबार महानगर यातायात प्रालिको मेट्रो बसमा ढुङ्गा प्रहार भएकोप्रति भत्र्सना गरिएको छ । ‘यात्रुहरु बसभित्र रहेको अवस्थामा अज्ञात समूहबाट भएको आक्रमणप्रति हामी दुःख प्रकट गर्दछौँ । सार्वजनिक यातायात क्षेत्रमा व्यवस्थित उदाहरण प्रस्तुत गर्ने उद्देश्यले सुरू गरिएको मेट्रो बसमाथि सेवारम्भको पहिलो दिनमै भएको आक्रमणबाट हामी दुखी भएका छौँ,’ महानगर यातायात प्रालिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चक्रपथ घुम्ने क्रममा एकान्तकुना हुँदै बल्खु आइपुगेको बा ४ ख १०६ नंको बसमा ढुङ्गा प्रहार हुँदा क्षति पुगेको थियो । प्रालिले त्यस्तो खालको अराजक व्यवहार गर्ने दोषीमाथि कारबाही गर्नसमेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण