सडेको अवस्थामा मानव कङ्काल फेला
मङ्गलबार, ०२ चैत २०७२, १० : ४५
खोटाङ - सडेको अवस्थामा खोटाङमा मानव कङ्काल फेला परेको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बाँझेच्यानडाँडा गाविसको वडा नं १ सेखुवाको जङ्गलमा बेवारिसे अवस्थामा मानव कङ्काल फेला परेको हो । खोटाङ र भोजपुरको सीमानजिक घना जङ्गलमा घाँस काट्न जाने स्थानीयले सोमबार बेलुका कङ्काल फेला पारेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । सडेको कङ्काल वरपर लुगाफाटासमेत नभएकाले पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ । पुरुषको जस्तो देखिने कङ्काल दुई/तीन महिनाअघि मारेर फालिएको हुनसक्ने अनुमान गरिएको स्थानीय इन्द्रबहादुर रोकाले जानकारी दिए । सेखुवा गाउँबाट करिब दुई घन्टा पैदल यात्रापछि पुगिने जङ्गलमा फेला परेको शव सर्जमिन मुचुल्का उठाएर दाहसंस्कार गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण