उदयपुरमा अढाइ करोडको अलैँची उत्पादन
मङ्गलबार, ०२ चैत २०७२, १४ : २९
उदयपुर– जिल्लाको मध्य तथा पश्चिमी क्षेत्रको पहाडी गाविसमा यसवर्ष रु दुई करोड ५० लाखको अलैँची उत्पादन भएको छ ।
यस वर्ष १८ हजार ७५० किलो अलैँची उत्पादन भएको छ । जिल्लाका भुटार, नामेटार, इनामे, बराह तथा ठाना गाउँ, खाँबु, साउने पोखरी गाविसमा अहिले अलैँची उत्पादन सुरु भएको छ । यस्तै पश्चिमी पहाडी क्षेत्रको सिरिसे, मयङखु, हर्देनी, लेखानी, तावाश्री र लेखगाउँ क्षेत्रमासमेत अहिले अलैंची उत्पादन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत रामकुमार यादवले बताए ।
कार्यालयले विगत चार वर्षदेखि रामसाई, दगोलसाई र डमरसाई प्रजातिका अलैँचीको बिरुवा वितरण गर्दै आएको छ । “यसवर्ष ३० हजार अलैँचीको बिरुवा वितरण गर्ने योजना रहेको छ” उनले भने ।
अहिले स्थानीय तहमा उत्पादित अलैँची किसानले सुनसरीको धरानमा लगेर प्रतिकिलो रु दुई हजारदेखि रु दुईहजार ५०० सम्ममा बिक्री गर्ने गरेका छन् । “बजारको कुनै अभाव छैन” खाम्बु– ५ का किसान डम्बरबहादुर मगरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण