शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस सत्तामा जान लालायित छैन : देउवा

मङ्गलबार, ०२ चैत २०७२, १९ : ५०
मङ्गलबार, ०२ चैत २०७२

काठमाडौँ– नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले काँग्रेस सत्तामा जान लालायित नभएको बताएका छन् ।

पार्टी सभापतिमा निर्वाचित भएपछि उनलाई बधाई दिन नेपाल प्रेस युनियनले उनको निवास बुढानीलकण्ठमा आज आयोजना गरेको कार्यक्रममा नेता देउवाले यस पटक काँग्रेस सत्ता बाहिरको रचनात्मक पहरेदारको भूमिकामा बसी मधेसका माग, संविधान कार्यान्वयन, स्थानीय तथा प्रदेशको निर्वाचन लगायतमा कटिबद्ध हुने बताए ।

“म पार्टीलाई एक ढिक्का बनाई अगाडि बढ्ने छु” उनले भने ।

पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा नेपाली पे्रसको सहयोग र योगदान अपरिहार्य छ भने । अर्को एक प्रसङ्गमा उनले स्वतन्त्र न्यायपालिकामा पूर्वसांसदलाई नियुक्ति गर्न खोज्नु लाजमर्दो भएको टिप्पणी पनि गरे ।

कार्यक्रममा युनियनका सभापति बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटीलगायतले अभिव्यक्ति तथा विचार स्वतन्त्रका पक्षधर शक्तिको संरक्षणबाट मात्र लोकतन्त्रको रक्षा हुने बताए ।

नवनिर्वाचित समितिको पदभार बुधबार

काँग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण बुधबार हुने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले साँझ ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई समितिले विजयी भएको प्रमाणपत्र दिएपछि सबैले औपचारिक रुपमा आआफ्नो पद सम्हाल्ने छन् ।

काँग्रेसमा नयाँ नेतृत्वका लागि यही फागुन २३ गते भएको निर्वाचनका सबै पदको मतगणना सोमबार साँझ मात्र सम्पन्न भएको थियो । काँग्रेसमा महाधिवेशन अन्तर्गत सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ सदस्यका लागि निर्वाचन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप