शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सडक कार्यालयका हाकिमलाई जनताले घेरेपछि...

मङ्गलबार, ०२ चैत २०७२, १४ : ४०
मङ्गलबार, ०२ चैत २०७२

भक्तपुर – लोकन्थलीदेखि सानोथिमी जाने सडक समयमानै निर्माण सम्पन्न नभएको भन्दै स्थानियले डिभिजन सडक कार्यालय भक्तपुरमा घेराउ गरेका छन् ।

मध्यपुरथिमी नगरपालिका वडा नं १५,१६ र १७ का स्थानयिहरुले धुलो र हिलोले आवत जावतमा समस्या भएको भन्दै कार्यालय परीसरमा रहेको चौतारीमा झण्डै २ घण्टा सडक कार्यालयका प्रमुख देबेन्द्र शाहलाई घेराउमा राखेका थिए । उनिहरुले बारम्बार ताकेता गर्दा पनि निमार्ण कार्यको ठेक्का पाएको कम्पनीले समयमा नै काम नगरेकाले मङ्गलबार कार्यालय नै घेरा गर्न आएको स्थानियहरुले बताए । १.८ किलोमिटर सडक ३ वर्ष यता निर्माण कार्य थालनी गरीएको भएपनि गत बैशाखमा आएको भुकम्प र नाकाबन्दीको बहाना गर्दै काम सुचारु नभएपछि बाध्य भएर कार्यालय आएको बताए । हिउँदमा धुलोले गर्दा घर भित्र बस्न सकिएन अब वर्षा लाग्यो बाटो हिँड्न सकिदैन । ठेकेदार काम समयमा नगर्दा समस्या भएको स्थानिय शमशेर कार्कीले बताए ।

स्थानिय बासिन्दाले भने चैत ६ गते देखि काम सुचारु नभए कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । डिभिजन सडक कार्यालयका प्रमुख शाहले भने निर्माणमा ठेक्का पाएको कम्पनीले चैत ६ गते देखि काम गर्छु भनेर पत्र पठाएको र काम नभए आवश्यक कारवाही गर्ने बचन स्थानियलाई दिएका छन् । उक्त सडकको निर्माण कम्पनीले भने भुकम्प र नाकाबन्दीका कारणले काम गर्न नसकिएको र अब तत्कालै निमार्ण गर्ने बताएको कार्यालयका प्रमुख शाहले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप