नेपाललाई सिक्किमीकरण गर्न चाहनेलाई मधेसी दलको साथ : उपप्रधामन्त्री केसी
भक्तपुर – उपप्रधान एवम गरीबी निवारण तथा सहकारी मन्त्री चित्र बहादुर केसीले भारतले नेपाललाई नेपाललाई सिक्किमी करण र भुटान बनाउने चाहनाले राखेर नाकबन्दी गरेको र मधेसवादी दलले उसलाई साथ दिएको बताएका छन् । रफत संञ्चार क्लब भक्तपुरले मङ्गलबार आयोजन गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले भने, “आफ्नो चाहना अनुसार नेपालमा संविधान नआएकाले भारतले नाकाबन्दी गरेको र मधेसवादीले उसलाई सहयोग गरे ।” मधेसवादीले भम्र छरेपनि नयाँ संविधान आएपछि मात्र नेपालमा २ हजारले अंगिकृत नागरिकता पाएको समेत उनले बताए । कार्यक्रममा बोल्दै उनले भने, “नेपालको संसदमा मात्रै १२ जना अंगिकृत नागरिकता पाएका व्यक्ति विभिन्न राजनितीक दलबाट सासद भएका छन् ”। बेहुलीलाई जग्गेबाट नै अंगिकृत नागरिकता दिने नयाँ संविधानको व्यवस्थामा जनमोर्चा नेपालको विरोध रहेको मन्त्री केसीले बताए । “नयाँ संविधानमा भएको संघियता, नागरिकता, विदेशमा रहेका नागरिकको मत अधिकार र आरक्षणको विषयमा आफू र आफ्नो पार्टीले सधै विरोध गरेको छ,” मन्त्री केसीले भने । प्रधानमन्त्रीको चीन भ्रमणबाट एउटै मुलुकमा मात्र सिमित रहेको नेपालको आयत नितीलाई परीवर्तन गर्न मद्दत गर्ने समेत उनले बताए । नेपालमा संञलती सहकारीहरुमा धेरै विकृत आएकाले सहकारी ऐन २०४८ परीर्वतन गर्ने तयारी भइरहेको भएपनि सहकारीका मठाधिसहरुले नयाँ ऐन ल्याउन नदिने चलखेलमा रहेको मन्त्री केसीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण