शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दिउँसै रड प्रहार गरेर लाखौं लुट्ने ३ अभियुक्त प्रहरीको फन्दामा

मङ्गलबार, ०२ चैत २०७२, १९ : १५
मङ्गलबार, ०२ चैत २०७२
काठमाडौं– लाखौं रकम लुटपाट गरेको अभियोगमा प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले राजधानीको मनमैजुस्थित गुराँस स्कुल पछाडि काभ्रे गौराविसौना देउपुर ७ घर भई भक्तपुर बस्दै आएका रामकुरमा मोक्तानलाई रड र हेलमेट प्रहार गरेर उनको साथमा भएको तीन लाख ३६ हजार रुपयाँ, आईफोन र अन्य धनमाल गरि जम्मा चार लाख ६७ हजार दुई सयरुपयाँ लुटपाट गरेको अभियोगमा सिन्धुपाल्चोकका जितलाल तामाङ, लालकाजी तामाङ र रामकुमार तामाङलाई पक्राउ गरेको हो । गत फागुन १६ गते दिउसो लुटपाट गरेर भागेका उनीहरुलाई प्रहरीले सोमबार चाबहिलवाट लुटपाट गरेको मोवाइल तथा लुटपाटमा प्रयोग भएको मोटरसाईकल सहित पक्राउ गरेको हो । प्रहरीले अभियुक्तहरुको साथबाट ८१ हजार नगद, बिभिन्न कम्पनीको मोबाईल ६ थान र मोटरसाईकल २ थान समेत बरामद गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप