म्यानमारको नयाँ राष्ट्रपति सुकीको पूर्व ड्राइभर
म्यानमार – म्यानमारको नयाँ राष्ट्रपतिमा यहाँको नेशनल लिग फर डेमोक्र्यासीका वरिष्ठ नेता टिन च्यो बिजयी भएका छन् । म्यानमारको संसदमा मङ्गलबार भएको गोप्य मतदानमा उनी सर्वाधिक मत प्राप्त गरी विजयी भएको घोषणा म्यानमारको संसदले अपरान्ह घोषणा गर्यो । उनी म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी भएका हुन् । उनी म्यानमारमा आगामी पाँच वर्षका लागि निर्वाचित भएका हुन् । म्यासाचुसेट्स स्थित क्याम्ब्रिज विश्वविद्यालय र लन्डन विश्विद्यालय पढेका उनी सुकीका पूर्व गाडी चालक समेत रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसो त उनी सुकीको एक विश्वासपात्रका रुपमा अहिले चिनिन्छन् । यो जित सुकीको होः नवनियुक्त राष्ट्रपति यसैबीच मङ्गलबार भएको यस निर्वाचनबाट आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै उनले भने– यो जित सुकीको हो । उनले प्रतिक्रियाँ दिए– यो जित दिदी सुकीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ । आफूले सुकीको आज्ञापालकका रुपमा कामगर्ने उनले बताए । च्यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार थिए । म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उनले नै च्योलाई अघि सारेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण