यूरो ४ मापदण्डको पेट्रोल भन्दै विराटले झुक्यायो !
काठमाडौं – बिराट पेट्रोलियमले नेपालमा महंगोमा बेचेको पेट्रोल कुन गुणस्तरको हो भन्ने कुरा सरकारी निकायले अझै पत्ता लगाउन सकेको छैन । युरो फोर भेनर बिराटले सरकारी मूल्य भन्दा ३१ रुपैयाँ महंगोमा बेचेको पेट्रोल यूरो फोर हो या होईन भनेर पत्ता लगाउन नसकेको हो । यूरो स्टाण्डर्ड भनेको वातावरण प्रदुषण गुणस्तरसंग सम्बन्धित मापदण्ड हो । बिराटले हल्दिया रिफाईनरीबाट ल्याएको भनेको पेट्रोल युरो फोर भएको दाबी गरिरहेको छ । तर स्वयं बिराटका सञ्चालक अध्यक्ष पर्शुराम उप्रेती नै आफूले ल्याएको तेल युरो फोर मापदण्डको हो या होइन भन्नेमा स्पष्ट छैनन् । ‘हामीले सिधै हल्दियार रिफाईनरीबाट यूरो फोर भनेर ल्याएको हो’ उनले भने ‘म पनि प्राविधीक मान्छे नभएकोले सबै थाहा छैन, हो कि होईन भनेर त गुणस्तरले जाँच गरेर भन्नुप¥यो नि ।’ जाँच नै नगरी किन युरो फोर मापदण्डको तेल भन्दै विराटले दाबी गर्यो त ? यहाँ प्रश्न उठेको छ ।
यूरो मापदण्ड जाँच भएकै छैन गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने विराटले ल्याएको तेलको यूरो मापदण्ड जाँच नै नगरेको बताए । नेपाल गुणस्तको मापदण्ड अनुसार मिसाबट भए नभएको मात्रै जाँच गरेकोले यूरो गुणस्तरबारे आफूलाई थाहा नभएको उनले बताए । ‘हामीले नेपाल गुणस्तर ३ सय १८ अनुसार मिसाबटको एस्पेक्टबाट जाँच गरेको हो । यूरो कुन हो भन्ने विषयमा हामीले जाँच नै गरेको छैन,’ उनले भने, ‘त्यसैले यो विषयमा हामीले भन्नन सकिँदैन ।’ उनले नेपालमा यूरो फोर मापदण्ड अहिले नभएकोले यूरो फोर जाँच गर्नुपनि आवश्यक नभएको बताए । ‘हामीकहाँ यूरो थ्रीको मापदण्ड छ, त्यसमा फोर हो कि होईन भनेर किन हेर्ने ?’ पुडासैनीले भने ‘फेरी यूरो थर्ड र यूरो फोरको मूल्यमा पनि केही फरक हुँदैन ।’
नेपालमा यूरो मापदण्ड जाँचिदैन गुणस्तर तथा नापतौल विभागसँग पेट्रोलियम पदार्थमा यूरो मापदण्ड जाँच गर्ने प्रविधि नै छैन । त्यसैले यो विषयमा विभाग नबोल्ने गरेको स्रोतको दावी छ । ‘गुणस्तरका अरु कुरा हेरीन्छ होला तर यूरो मापदण्ड जाँच गर्ने प्रविधी नेपालमा नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा मात्रै छ’ स्रोतले भन्यो ‘जाँच गर्ने प्रविधी नै नराखेर हचुवाका भरमा ईन्धन बजारमा पठाइएको छ ।’ अक्टेन भ्यालु एनलाईजर मेसिन नेपाल आयल निगममा पनि भएको तर प्रयोगमा नरहेको उपभोक्ता राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘हामीले आवाज उठाएपछि पाँच छ वर्ष अगाडी त्यो मेसिन ल्याईएको हो ’ उनले भने ‘अहिले पाँच करोडको मूल्यको मेसिन प्रयोगबिहीन छ ।’
[caption id="attachment_37510" align="alignleft" width="839"] तस्विर : सागर केसी[/caption]के हो नाप्ने मेसिन ? अक्टेन भ्यालु एनलाईजर मेसिनले पेट्रोल वा डिजल बल्दादेखि इन्जिनमा कति धेरै धक्का दिन्छ भन्ने मापद गर्दछ । ‘अहिले भनिएको यूरो फोरमा पेट्रोल त्यसरी मापन गर्दा ९८ अक्टेन भ्यालु आउनुपर्छ,’ महर्जनले भने ‘तर अहिले आयल निगमले पनि ८८ देखि ९२ को मात्रै बेच्छ ।’ यूरो थ्री मापदण्डको बेच्दा ९२ देखि ९८ सम्म अक्टेन भ्यालु आउनुपर्ने हुन्छ । ‘मेसिन प्रयोग गरियो भने आयल निगमको समेत भण्डाफोर हुने भएकोले त्यो प्रयोगमा ल्याईएको छैन ’ महर्जनले भने ।
भारतमा पनि जहीँतहीँ छैन यूरोफोर
विराटले यूरो फोर मापदण्डको पेट्रोल ल्याएको बताएपनि भारतमै यूरो फोर मापदण्डको तेल जहिँतहीँ नपाईने खुलेको छ । भारतीय सञ्चार माध्यम द हिन्दुको सन् २०१५ को डिसेम्बरमा छापिएको
सिक्किमका लागि लोड गरेको पेट्रोल नेपाल बिराटले भारतकै सिक्कीमको पम्पका लागि विक्री गर्न लोड गरेको पेट्रोल नेपाल ल्याएको खुलेको छ । बिराटका अध्यक्ष अर्जुन क्षेत्रीको सिक्कीमस्थित पम्पका लागि भनेर भारत पेट्रोलियमको डिपोबाट लोड गरेको पेट्रोल कागजात मिलाएर नेपाल ल्याईएको आयल निगम स्रोतले बतायो ।
ठगी प्रमाणित भए कार्वाही हुने बिराटले नभएको गुणस्तर हो भनि झुक्याएको कुरा प्रमाणित भएमा ठगीको मुद्धामा कार्वाही हुने उपभोक्ता अधिकारकर्मी महर्जनले बताए । ठगीको मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैयाँसम्म कार्वाही हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण