नदीमा पौडी खेल्न गएका पाईजाको मृत्यु
मङ्गलबार, ०२ चैत २०७२, १६ : १२
म्याग्दी– सदरमुकाम बेनीस्थित म्याग्दी नदीमा पौडि खेल्न गएका एक विद्यार्थीको मंगलबार खोलामा डुबेर मृत्यु भएको छ । साथिहरुसंग खोलामा पौडि खेल्न गएका बेनी नगरपालिका –१२ डडुवा घर भएका करिब १७ बर्षका अनिल पाईजाको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जनकल्याण मावि पुलाचौरबाट एसएलसी परिक्षामा सामेल हुँदै गरेका पाईजा बेनी स्थित एसिएन होस्टेलमा बसेर अतिरिक्त कक्षामा पढ्दै आएका थिए । दिउँसो गर्मी भएपछि साथिहरुसंग खोलामा गएका उनी पौडी खेल्ने क्रममा खोलाको बिच भागमा रहेको तालमा डुबेपछि ज्यान गएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण