शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अमेरिका पुगेर पर्यटनमन्त्रीले भने– नेपाल पर्यटनको लागि सुरक्षित छ

मङ्गलबार, ०२ चैत २०७२, १६ : ४५
मङ्गलबार, ०२ चैत २०७२

लस एन्जेलस–संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले पर्यटनका लागि सुरक्षित रहेको बताएका छन् । नेपाल अमेरिका एकता समाजको यहाँ आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपालको पर्यटन प्रवर्धन र विकासमा प्रवासमा बस्ने नेपालीहरूको भूमिका समेत महत्वपूर्ण रहेको बताए ।

नेपालमा हुन् गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनको लागि संयुक्त राष्ट्र संघका महासचिव बानकी कि मुनलाई निमन्त्रणा दिन तथा पर्यटन प्रबर्धन गर्ने विविध कार्यक्रममा भाग लिन अमेरिका आएका पर्यटन मन्त्री पोखरेलले उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै भूकम्पबाट क्षतिग्रस्त देशको पुननिर्माणको लागि पर्यटन प्रबर्धनले ठुलो टेवा दिन सक्ने समेत बताए ।

मन्त्रि पोखरेलले अगाडी भने, ‘भूकम्प गए पश्चात विदेशमा नेपाल पर्यटनको लागि असुरक्षित छ भन्ने जुन धारणा बनेको छ । त्यसलाई चिर्दै हामीले नेपाल पर्यटनको लागि सुरक्षित रहेको सन्देश दिन जरुरी छ ।’

उनले कसरी देशमा पर्यटकहरु बढी भन्दा बढी भित्र्याई देशको अर्थतन्त्रमा समेत टेवा पुर्याीउन सकिन्छ भन्नेमा लागिपरेको समेत सो अवसरमा जानकारी दिए ।

सो अवसरमा समाजका अध्यक्ष सूर्य प्रसाईले नेपालको पर्यटकीय प्रवर्धन र विकाशमा अमेरिकी समुदायलाई सुसुचित गर्नुको साथै स्थानीय व्यापार व्यवसाय , पहिचान र एकतालाई समेत प्रबल रूपमा विकास र विस्तार गर्न सकिने कार्यपत्र पर्यटन मन्त्रालयसंग पेस गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप