शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सशस्त्रका असई थमन विकको हत्या आरोपी जेल चलान

मङ्गलबार, ०२ चैत २०७२, १७ : ०६
मङ्गलबार, ०२ चैत २०७२

महोत्तरी– सशस्त्रका असई थमन बिकको हत्या अभियोगमा तीन जनालाई कारागार चलान गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको छ ।

आज न्यायाधिश किरण कुमार पोखरेलको एकल इजलाशले सो निर्णय गरेसँगै अभियुक्तहरु जलेश्वर ३ का सञ्जरकुमार शाह, जलेश्वर ४ का प्रदीप शाह र फुल्हटाका मोहन शाकुरलाई जिल्ला अदालत जलेश्वर पठाइएको छ । मधेस आन्दोलनको क्रममा गत भाद्र २५ गते शसस्त्रका असई विकको हत्या तथा एम्बुलेन्स आगजनीको अभियोगमा उनीहरुसहित २५ जनामाथि जिल्ला अदालत जलेश्वरमा मुद्दा दायर गरिएको थियो । हत्या तथा आगजनीको अभियोगमा साहद्वय र ठाकुर यसअघि नै पक्राउ परिसकेका थिए । तर अन्य अभियुक्तहरु भने हालसम्म पनि फरार रहेकाले उनीहरुमाथि वारेन्ट जारी गरिएको छ । अदालतले अभियुक्तहरुलाई एम्बुलेन्स आगजनीको ठहरसहित जनही चारहजार रुपयाँ जरिवाना तोक्नुको साथै कर्तब्य जान मुद्दामा दोषी ठहर गरि कारगार चलान गर्ने आदेश दिएको हो ।

आईतवार मात्रै वयान सकिएपछि सोमबार संगलबार गरि दुई दिनसम्म चलेको बहस पछि अदालले उक्त फैसला सुनाएको हो ।

यसैबीच अदालतको फैसलासँगै जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालत परिसर तथा वाहिर सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित खतरालाई दृष्टीगत गर्दैसुरक्षा कडा पारिएको प्रहरी नायव उपरिक्षक विनोद सिलवालले वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप