तातोपानी नाका खोल्न आग्रह
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाका खोल्न पहल गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । १२ वैशाखको भूकम्पपछि चीनसँग जोड्ने तातोपानी नाका बन्द भएको थियो । प्रधानमन्त्री चीन गएका बेला तातोपानी नाका खोल्न पहल गर्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, जिल्लाका सांसद र सिन्धुपाल्चोकबासीले प्रधानमन्त्रीलाई आज भेटेर ध्यानाकर्षण गराए ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कुमार श्रेष्ठको प्रतिनिधित्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको सो टोलीले चीनसँग जोड्ने एक मात्र प्रमुख नाका बन्द हुँदा देश र स्थानीयबासीलाई ठूलो मार्का परेको भन्दै चनि भ्रमणमा गएका बेला सो नाका खोल्न प्रस्ताव गर्न आग्रह गरेका थिए । उनीहरुले प्रधानमन्त्रीको चीन भ्रमणले तातोपानी नाका खुल्छ भन्नेमा स्थानीयबासी ढुक्क भएको बताएका थिए । सो अवसरमा प्रधानमनत्री ओलीले चीनसँग जोड्ने अधिकांस नाका खोल्ने विषयमा छलफल गर्ने बताए । ओलीले तातोपानी नाका खोल्न सके नेपालको आर्थिक विकासमा मद्दत पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण