सल्यान बन्द फिर्ता
सल्यान–निर्मला विक र गोपिलाल बुढाथोकीको मृत्युको विषयमा पिडित पक्षले गरेको अनिश्चितकालिन सल्यान बन्द खुलेको छ । प्रशासन र पिडित पक्षबिच ६ बुँदे सहमति भएपछि अनिश्चितकालिन सल्यान बन्द फिर्ता भएको हो । मंगलबार दिउसो प्रशासन, पिडित पक्ष, राजनीतिक दल, पत्रकार, लगायत विभिन्न सरकारवाला पक्षहरुको सर्वदलिय बैठकमा ६ बुँुदे सहमति भएपछि सल्यान बन्द फिर्ता हुनुका साथै चारदिनदेखि अस्पतालमा रहेको बुढाथोकीको शब समेत परिवारले बुझेका छन् । पिडित पक्ष र प्रशासन बिच निर्मला बिकको मृत्यु प्रकरणको यथार्थ छानविन गर्न, प्रमाण संकलन गर्न, जिल्ला प्रहरी कार्यालय सल्यानका सिनियर अधिकृतले अनुसन्धान गर्ने, मृत्तक विकका परिवारका नाबालक बच्चाहरुको आगामी पढाईका लागि जिल्ला बाल कल्याण समिति मार्फत एस ओ एस वा अन्य सम्बन्धीत निकायमा अनुरोध गर्ने निर्णय भएको छ । यस्तै उक्त घटनाको प्रकरणमा जाहेरी मार्फत म्याद थप गरी प्रहरी हिरासतमा मृत्त अवस्थामा भेटिएका गोपिलाल बुढाथोकीका छोरा विक्रम बुढाथोकीलाई जिविकोपार्जनका लागि सरकारी कार्यालयमा रोजगारी दिने, मृत्तक निर्मला विककी दिदि हिमा विक राज्यले निशुल्क उपचार गराउने , विक र बुढाथोकीको मृत्यु प्रकरणको स्वतन्त्र छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ, मानवअधिकारकर्मी र पिडित पक्ष सहभागी रहेको छानविन समिति गठन गरिएको छ । यस्तै मृत्तक गोपिला बुढाथोकीको प्रकृति मुचुल्का सहित पोष्टमार्टम गरी परम्परा अनुसार सदगत गर्न पिडित पक्षलाई लाश बुझाउने सहमति भएको छ । ६ बुदेँ सहमति पश्चात दिनभर बन्द भएका यातायात, बजार खुलेका छन् । भने परिवारले आज नै बुढाथोकीको दाहसस्कार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण