शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘मिनी सार्क’ मा भारत–पाकिस्तान साइडलाइन वार्ता हुने

मङ्गलबार, ०२ चैत २०७२, १७ : २१
मङ्गलबार, ०२ चैत २०७२

काठमाडौं – पोखरामा जारी सार्क मन्त्रीस्तरीय बैठकका दौरान भारत र पाकिस्तानबीच द्विपक्षीय वार्ता हुने भएको छ । भारतीय मिडियाका अनुसार बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानका प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार सर्ताज अजिजबीच वार्ता हुनेछ । भारतीय उच्च स्रातलाई हवाला दिँदै लेखिएको छ, ‘स्वराज र अजिजबीच चैत ४ गते पोखरामा वार्ता हुने भनिएको छ । यद्यपि यस विषयमा भारतीय पक्षले आधिकारिक जानकारी दिएको छैन ।’ भेटका दौरानका अजिजले भारतीय विदेशमन्त्री सवाराजलाई यसै वर्ष पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग लिनका लागि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको भारतीय समकक्षी नरेन्द्र मोदीलाई निम्तो हस्तान्तरण गर्ने बताइएको छ । अजिजले यही विषयमा सम्मेलनमा भाग लिन आएका अन्य देशका प्रतिनिधिहरुसँग पनि भेट गर्नेछन् । १९ औं सार्क शिखर सम्मेलन यही वर्षको नोभेम्बर महिनामा पाकिस्तानको इस्लामाबादमा हुने भनिएको छ । गत वर्षको डिसेम्बर ९ मा दुई देशले विस्तृत द्विपक्षीय संवादको थालिने गर्ने घोषणा गरेपछिको पहिलो वार्ता हुनेछ । मन्त्रीस्तरीय बैठककै दौरान भारतका विदेश सचिव एस जयशंकर र पाकिस्तानी समकक्षी अइजाज अहमद चौधरीबीच पनि वार्ताको वातावरण मिलाइदै गरेको समाचारमा उल्लेख छ । जनवरी २ मा भारतको पठानकोटमा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध चिसिएको छ । यसअघि डिसेम्बर २५ का दिन मोदीले सरिफको जन्मदिनमा लाहोरको आकस्मिक भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप