पोखरामा दिउँसै हतियार देखाएर मनिट्रान्सफर लुटपाट प्रयास, लुटेरा पक्राउ
मङ्गलबार, ०२ चैत २०७२, १९ : २४
पोखरा–पोखराको पृथ्वीचोक स्थित सभ्यता मनी ट्रान्सफरमा मंगलवार दिउँसै हतियार देखाएर रकम लुट्ने एक लुटेरालाई स्थानीयवासीले घेरावन्दी गरी प्रहरीलाई वुझाएका छन् । ट्रान्सफरको काउण्टरवाट झण्डै साढे छ लाख रुपैयाँ लुटेर भाग्दै गरेका सुनसरी जिल्ला धरान घर भएका प्रशान्त तामाङलाई स्थानीयवासीले हतियार सहित पक्राउ गरेका हुन् ।
‘काउन्टरमा रहेको पैसा हतियार देखाएर झोलामा राख्न लगाएर भाग्न खोजेको थियो म चिच्याएपछि स्थानीयवासीले पक्राउ गरे’, ट्रान्सफरकी कर्मचारी सभ्यता गुरुङले वताईन् । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनको वारेमा थप अनुसन्धान हुँदै गरेको कास्कीका प्रहरी प्रवक्ता एवं डीएसपी गज्जुसिद्धी वज्राचार्यले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण