दिल्ली पुगेर महन्थले भने, ‘नेपालभित्र दुईवटा नेपाल छ’
काठमाडौं – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल सरकारले मधेसी समुदायलाई उपनिवेश बनाउन खोजिरहेको आरोप लगाएका छन् । भारतको नयाँ दिल्लीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महन्थले भने, ‘नेपालको संविधानले हामीमाथि भेदभाव गरेको छ । नयाँ संविधानमा समान अधिकार छैन । नेपालभित्र दुईवटा नेपाल छ, मधेसलाई उपनिवेश बनाइएको छ ।’ त्यस्तै, पूर्वमन्त्री तथा तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले मधेसबिना नेपालको ‘राष्ट्रिय एकता’ अधुरो रहने बताए । कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल बहादुर थापा पनि उपस्थित थिए । उनले नेपालमा हुने परिघटनाबाट छिमेकी भारत अछुतो रहन नसक्ने धारणा राखे । ‘मधेसको माग पूरा नगरी नेपालको संविधान अपुरो रहनेछ,’ थापाले भने । कार्यक्रममा भारतीय नेताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । भारतीय युनियन मन्त्री सन्तोष गाँवरले नेपाल र भारतको सम्बन्ध अटुट रहेको बताउँदै दुई देशबीचको मित्रतामा देखिएको ‘तुवालो’ हटाउनुपर्ने जिकिर गरे । त्यस्तै, जेडियुका नेता शरद यादवले नेपाल–भारत सम्बन्ध यथवात रहेको रहेको बताउँदै जातिय व्यवस्थाविरुद्ध लड्न आग्रह गरे । भारतीय राजदूत दीपकुमार उपाध्यायले नेपाल र भारत सकारात्मक दृष्टिकोण लिएर अघि बढ्नुपर्ने बताए । उनले नेपालमा अस्थिरता भए भारतलाई पनि असर हुने बताउँदै शान्त र स्थिर नेपाल भारतको सरोकार रहेको उल्लेख गरे । राजदूत उपाध्यायले मधेसलाई ‘वास्तविक नेपाल’ भएको बताउँदै दुई देशबीचको संस्कृति र सम्भयताको मिलनबिन्दु रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण