प्रहरीमा भ्रष्टाचारको आशंका, लेखाले देखायो चासो
मङ्गलबार, ०२ चैत २०७२, १८ : ०७
काठमाडौं–संसदको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीका लागी आवश्यक लत्ताकपडा लगायतका सामान खरिदमा अनियमिता भएकोबारे चासो देखाउँदै गृहमन्त्रालयसँग विवरण माग गरेको छ ।
प्रहरी प्रमुख उपेन्द्रकान्त आर्याल तथा एआईजीहरु विरेन्द्रबावु श्रेष्ठ र रमेश शेखर बज्राचार्यले कमिशन खाएर सार्वजनिक खरिद ऐन २०६३ विपरीत पार्का ज्याकेट, कटन झुल, पाईन्ट कपडा,रुक्स्याक ब्याग र सिल्पिङ ब्यागलगायतका समग्री खरिद गरेको दाबीसहित गत शुक्रवार सार्वजनिक लेखा समितीमा उजुरी परेको थियो ।
उजुरीपछि समितिका सचिव सोमबहादुर थापाले गृहमन्त्रालयमा पत्राचार गरेर नेपाल प्रहरीको सामान खरिदमा भएको अनियमीतताको सम्बन्धमा के भएको हो, सो को विवरणको ६०–६० प्रति तिन दिनभीत्र समितिमा बुझाउन भनेका छन् । लेखाले गृहमा पठाएको पत्रमा भनिएको छ, ‘प्रहरीको सामान खरिदको विवरण उपलब्ध गराई समितीको काम कारवाहीमा सहयोग पुर्याउनु हुन निर्देशानुसार अनुरोध गर्दछु ।’
यस्तो थियो आनियमितताको खेल
लेखामा परेको उजुरीमा उल्लेख भए अनुसार प्रहरी प्रमुख अर्याल र दुई एआईजीहरुले श्लोक इन्टरप्राईजेजका संचालक रितेश अग्रवालसँग मोटो कमिशन लिएर सार्वजनिक खरिद ऐन विपरित पार्का ज्याकेट लगायतका सामग्री खरिद गरेका थिए । प्रशासन विभागको प्रमुखका हैसियतले अर्याललाई श्रेष्ठ र बज्राचार्यले सहयोग गरेको उजुरीमा दाबी गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ अनुसार गत पुस २३ गते पार्का ज्याकेट १७ हजार थान, कटन झुल ५ हजार थान,पाईन्ट कपडा ८० हजार मिटर, रुक्स्याक ब्याग १० हजार थान, सिल्पिङ ब्याग १५ हजार थान र अन्डर ट्राउजर भेस्ट सेट ६१ हजार पाँच सय सेट खरिदको लागी टेण्डर आह्वान गरेको थियो । गत साता प्रहरी प्रधान कार्यालयले उक्त टेण्डर सम्वन्धमा निर्णय गर्दै महंगो मुल्यमा बोलपत्र पेश गरेको रितेश अग्रवालको श्लोक इन्टरप्राईजेजलाई सामान खरिद गर्ने अनुमति दिएको थियो ।
के थियो उजुरीमा ?
प्रहरीको सामान खरिद प्रकरणमा घोटालाबारे छानविनका लागि भन्दै लेखा समितिमा परेको उजुरीमा आर्थिक वर्ष ०७०–७१ र ०७१–७२ मा बिना टेण्डर रितेश अग्रवालको श्लोक इन्टरप्राईजेजबाट १५ हजार थान पार्का ज्याकेट खरिद गरेको उल्लेख गरिएको छ । सो ज्याकेटको बास्तविक मूल्य भन्दा दोब्बरमा खरिद गरेको कागजपत्र मिलाएर आर्याल सहितका प्रहरी अधिकारीले दुई करोड घोटाला गरेको आरोप लगाइएको छ ।
त्यस्तै आर्थिक बर्ष ०६९–७० र ०७०–७१ मा ट्राफिक प्रहरीको लागि आवश्यक म्याजिक लाइट खदिर गर्दा एक करोड चालीस लाख अनियमितता गरेको आरोप लगाइएको छ ।
त्यस्तै गएको पुस २३ गते पार्का ज्याकेट, कटन झुल, रुक्स्याक ब्याग लगायतका सामानका लागि टेण्डर आह्वान गरेर अत्यधिक मूल्य कवोल गर्ने श्लोक इन्टरप्राईजेजको टेण्डर स्वीकृत गर्दै १ करोड ६४ लाख घोटाला गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण