यस्तो बन्दैछ बार्सिलोनाको नयाँ स्टेडियम
बार्सिलोना – स्पेनिस च्याम्पियन बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम नाउको पुनर्निमाण गर्ने भएको छ । ४ वर्षभित्र सम्पन्न गर्ने गरी स्टेडियम पुनर्निर्माणको लक्ष्य लिइएको छ । क्लबले स्टेडियमको नयाँ डिजाइनका केही तस्विरहरु सार्वजनिक गरेको हो । डिजाइनको टेन्डर दिने मध्ये बार्सिलोनाले जापानी आर्किटेक्ट निकेन सिकेइ र क्याटालान स्टुडियो पासउल आइ औसीयो आर्किटेक्टलाई विजेता घोषणा गरेको छ । सन् २०२१ भित्रमा क्याम नाउलाई १ लाख ५ हजार क्षमताको बनाउने लक्ष्य लिइएको छ । यसलाई पूरा गर्न ६ सय मिलियन युरो लाग्ने बताइएको छ । पुनर्निर्माणको दौरान बार्सिलोनाले स्टेडियम छाड्न नपर्ने क्लबले जनाएको छ । स्टेडियम पुर्ननिर्माणमा क्लबको स्पोन्सरको लगानी पनि रहनेछ । जसले गर्दा क्लबको नयाँ नाममा स्पोन्सरको नाम पनि रहनेछ । बाँकी रकम ऋण र क्लबले आर्जन गर्ने आमदानीमा बराबरी बाँडिनेछ । हाल बार्सिलोनाको स्टेडियमको क्षमता ९५ हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण