शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ऋण लफडा मिलाइदिन्छु भन्दै प्रहरी बनेर ठग्न खोज्दा पक्राउ

मङ्गलबार, ०२ चैत २०७२, १८ : ४५
मङ्गलबार, ०२ चैत २०७२

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नाममा ठगी गर्न खोज्ने प्रकाश रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बालुवाटार डेरा गरी बस्ने गोरखा केरावारी–५ का २९ वर्षीय रेग्मीलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । रेग्मी कुबेर मर्चेन्टफाइनान्समा ४ बर्ष कार्यरत रहीपछि सल्लाहकार समेत भई हाल नारायणी डेभलपमेन्ट बैंकको संचालक समेत रहेको खुलेको छ । रेग्मीले कुमारी बैंकका ऋणी तथा उद्योग व्यवसायी काठमाडौं धापासी बस्ने जितेन्द्रबहादुर श्रेष्ठलाई कुमारी बैंकमा लोन रहेछ, कर्जा सुचना केन्द्रमा ब्ल्याक लिस्टमा पर्नुभएको रहेछ, लोन नियम विपरित लिनुभएको रहेछ, बैंकिङ कसुर मुद्दामा तपाईको विरुद्धमा कुमारी बैंकले कारबाहीको लागि राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएको रहेछ भन्दै सम्पूर्ण कुरा मिलाइदिन्छु भनी डरत्रास र सहानुभूति देखाउँदै पटकपटक लाजिम्पाटस्थित रेष्टुरेन्टमा भेट्न बोलाई तनाव दिएपछि पीडित श्रेष्ठले व्यूरोमा छानविनका लागि उजुरी दिएका थिए । व्यूरोको टोली परिचालन हुँदा व्यूरोको टोलिमाथि नै अभद्र व्यवहार गरी कर्तव्य निर्वाह गर्ने क्रममा बाधा पु¥याएकोले उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ । साथै उनले गरेको कार्य बैंकिङ मर्यादा विपरित भएकाले आवश्यक कारवाहीका लागि नेपाल राष्ट्र बैंकमा समेत पठाइने ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप