यो सरकार ढल्छ, शेरबहादुरको नेतृत्वमा नयाँ सरकार : खाँड
काठमाडौं – नेपाली काग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए दह्रो सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले देउवाकै नेतृत्वमा बन्ने बताए । खाँडले भने,‘ काग्रेसभित्र एक ब्यक्ति एक पदको कुरा उठ्ने गरे पनि पूर्व सभापति सुशील कोइराला पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बनेर संविधानको नेतृत्व गर्नु भयो । अब पनि शेरबहादुर देउवा नै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नु हुन्छ ।’ उनले राष्ट्रिय सहमतिको सरकार विना मुलुक अघि बढ्न नसक्ने दावी गर्दे सहमतिको सरकारकोलागि प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखे । उनले भने,‘ यो सरकारमा काग्रेस कुनै पनि हालतमा जाँदैन ।’ खाँडले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धन र कमजोर जगमा बनेकोले यो आफ्नै अन्र्तंविरोध र बोझले ढल्ने दावी गर्दै भने,‘ संविधान मान्ने, राजतन्त्र ब्यूताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले बनेको सरकारमा मेल खाँदैन । हाम्रो सरकार परिवर्तन गर्ने लक्ष्य छैन तर हामीले निर्णय गर्नु भन्दा अघि यो सरकार ढल्छ ।’ उनले बजार जाँदा सरकार छ कि छैन भन्ने स्थिति रहेको, विकास ढप्प भएको, संबैधानिक समस्या समाधान गर्न नसकेकोले पनि सरकार असफल भएको दावी गरे । खाँडले प्रधानमन्त्रीको चीन भ्रमण सफल होस भन्ने आफूहरुको चाहना सुनाए पनि भ्रमणबाट ठूलो उपलब्धि हात लाग्ने स्थिति नदेखिएको भन्दै भ्रमणको विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्नु पर्ने सुझाव दिए । यता, एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले राष्ट्र निर्माणकोलागि सहमतिको सरकार आवश्यक रहेको भन्दै नेतृत्वको विषय महत्वपूर्ण नभएको बताए । उनले संविधान कार्यान्वयनको विरुद्ध सरकार बनाउने ढाल्ने खेलमा एमाओवादी नलाग्ने भन्दै काग्रेससहितको सरकार बन्दा संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ भनेर आफुहरुले सहमतिको सरकारको कुरा गरेको बताए । प्रवक्ता शर्माले भने,‘ चुनौतिको संबोधन गर्न पनि सहमति आवश्यक छ । सहमतिपछि जसको नेतृत्व भए पनि आपत्ति छैन तर सरकार बनाउने र ढाल्ने खेलमा लागे प्राप्त उपलब्धि खोसिने अवस्था आउन सक्छ ।’ प्रधानमन्त्रीको चीन भ्रमण समाजवाद उन्मुख अर्थतन्त्रको विकास ,सम्बन्ध सुदृढ बनाउने र राष्ट्रको हितलाई केन्द्रमा राखेर कुराकानी गर्ने भन्दै राष्ट्र हित विपरितका कुनै सन्धी सम्झौता नहुने स्पष्ट पारे । शर्माले सबैको एजेण्डा संविधानको कार्यान्वयन भएकोले सहमतिकै आधारमा मुलुकमा विद्यमान मधेससहितका समस्या समाधान बार्ता र संबादबाट गर्ने विश्वास समेत ब्यक्त गरे । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने भन्दै चीनले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व नदिएको दावी गरे । उनले पहिचान विपरित संविधान र नश्लबादी सरकरालाई समर्थन नगर्न चीनसँग आग्रह गर्दै प्रधानमन्त्रीको चीन भ्रमण अघि मधेसी मोर्चाले सडकमा विरोध गर्ने र चीनीया दुतावासमा ज्ञापन पत्र बुझाउने बताए । अहिलेको सरकार असफल भएको र प्रतिपक्ष पनि त्यस्तै भएको भन्दै माग पुरा नभएसम्म जसको नेतृत्वमा सरकार बने पनि आफुहरुकोलागि कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताए । केपी ओली नेतृत्वको सरकार लामो नजाने आफ्नै कारणले ढल्ने दावी गदै आफूहरुको माग पुरा नभए होली पछि कडा आन्दोलन सुरु गर्ने र त्यो हिमाल, पहाड र तराईमा एकै पटक हुने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण