‘कान्छो भर्सन’को विश्वकप : को होला विजेता ?
काठमाडौं – अस्ट्रेलियाको चर्चित टेलिभिजन टिभी नाईनका सञ्चालक केरी पार्करले ४ दशकअघि क्रिकेट खेलमा रंगीन पोशाकको प्रयोग थाल्दा इंलिस मिडियाहरुले उनको कदमलाई ‘पार्कर सर्कस’ नाम दिएका थिए । आईसीसीलाई चुनौती दिएर उनले त्यतिबेलै वल्र्ड क्रिकेट सिरिजको नाममा रंगीन पोशाक र प्रकाशको प्रयोगसहित भव्य क्रिकेट मात्रै सञ्चालन गरेनन्, वेस्ट इन्डिजका क्लिभ लोयड, इङल्याण्डका टोनी ग्रेग, अस्टे«लियाका ग्रेग च्यापेल, पाकिस्तानका इमरान खान लगायतका चर्चित खेलाडीहरुलाई समेत मैदानमा उतारे । टेस्ट क्रिकेटको जगजगी रहेको समयमा रंगीन पोशाक र रंगीन बलको प्रयोग थाल्दा इंलिस मिडियाले पार्करको चर्तिकलाले यस खेलकोे अस्तित्व धरापमा पर्ने दाबी गरेका थिए । क्रिकेट भद्रहरुको खेल भएका कारण यो साधारण नै रहनुपर्ने इंलिस मिडियाको दाबी विपरित अहिले क्रिकेट पार्करले नै भनेजस्ता बाटोमा अघि बढीरहेको छ । रंगीन पोशाक र बलको प्रयोगले सिमित घेराभित्र रहेको क्रिकेटलाई विश्वभर लोकप्रिय बनाएको छ र यसमा नयाँ रंग थप्ने काम गरेको छ , टी–२० क्रिकेटले । कान्छो भर्सनको टी–२० क्रिकेट सुरु भएपछि यस खेलको परिभाषा बदलिएको छ । आक्रामक ब्याटिङ, बलिङ, क्यामेराको कलात्मक कोण र खेलाडीको हाउभाउ मात्रै होइन मैदानबाहिर चियर गर्लले खेलाडीको हौसला बढाउन देखाउने उत्तेजक नृत्यका कारण पनि अहिले क्रिकेट धेरैका लागि छुटाउनै नसकिने खेल बनेको छ । टी–२० को सुरुआत इङल्याण्डमा २००३ मा घरेलु क्लबहरुले टी–२० कपमा प्रतिस्पर्धा गरेका थिए । सुरुआतमा टी–२० म्याचलाई खास महत्व दिइएको थिएन । तर जूलाई १५,२००४ मा क्रिकेटको मक्का मानिने लर्डस् मैदानमा यो खेल आयोजना हुदाँ २७ हजार ५ सय ९ दर्शकले प्रत्यक्ष रुपमा यो खेललाई हेरे । अस्टे«लिया र पाकिस्तानमा पनि टी–२० फम्र्याटमा घरेलु प्रतियोगिता आयोजना भयो । न्युजिल्याण्डको अकल्याण्डस्थित इडेन पार्कमा आयोजना भएको पहिलो टी–२० अन्तर्राष्ट्रिय म्याचमा अस्टे«लियाले घरेलु टोलीलाई ४४ रनले हरायो । १७ फेब्रअरी, २००५ मा भएको यही खेल नै टी–२० अन्तर्राष्ट्रिय म्याचको सुरुआत थियो । दक्षिण अफ्रिकामा सन् २००७ मा पहिलो पटक आईसीसी वल्र्ड टी–२० आयोजना भयो । यस विश्वकपमा १० टेस्ट मान्यताप्राप्त राष्ट्रसहित केन्या र स्कटल्याण्डले प्रतिस्पर्धा गरे । भारतले पहिलो संस्करणको टी–२० विश्वकप जित्यो । त्यसयता, पाकिस्तान, इङल्याण्ड, वेस्ट इन्डिज र श्रीलंकाले उपाधीमाथि कब्जा जमाएका छन् । उपाधिको होडबाजी सधैँझै यसपटक पनि विश्वकपमा १० टेस्ट मान्यताप्राप्त राष्ट्रलाई उपाधीको दाबेदार मानिएको छ । यसपटकको विश्वकपमा विशेषगरी भारत, दक्षिण अफ्रिका र अस्टे«लियामध्ये एकले उपाधी जित्न सक्ने आँकलन धेरैले गरेका छन् ।
भारत घरेलु मैदानमै खेलिरहेका कारण भारतलाई ब्याटिङ विकेटको फाइदा छ । पछिल्लो समय भारतका स्पिनरहरु पनि उत्तिकैजमेका छन् । शिखर धवन, रोहित शर्मा, सुरेश रैना, विराट कोहली, महेन्द्रसिंह धोनी र युवराजसिंहजस्ता भरपर्दा खेलाडीको ब्याट चल्नसके भारतले उपाधी जित्नसक्छ । दक्षिण अफ्रिका दक्षिण अफ्रिकाका लागि सधैँ विश्वकप यात्रा अभागी साबित हुदैँ आएको छ । तर यसपटक दक्षिण अफ्रिकाको टोलीलाई सन्तुलित छ । त्यसैले दक्षिण अफ्रिकाले भाग्य परिवर्तन गर्नसक्छ । कुनै पनि समय खेल परिवर्तन गर्नसक्ने एबी डि विलियर्सजस्ता विश्वकै उत्कृष्ट ब्याट्सम्यानको साथ पाएको दक्षिण अफ्रिकासँग कप्तान फा डु प्लेसीका कारण पनि आशा गर्ने थुप्रै ठाउँ छन् । अस्ट्रेलिया एकदिवसीय विश्वकपको बादशाह अस्टे«लियाले टी–२० विश्वकप अहिलेसम्म जितेको छैन् । तर अस्ट्रेलियाका अलराउन्डरहरु कुनै पनि समय विपक्षीमाथि हाबी हुनसक्छन् । ग्लेन म्याक्सवेल, स्यामूयल वाट्सन, स्टेफन स्मिथ र डेभिड वार्नरजस्ता खेलाडीहरु चम्किएको खण्डमा विपक्षीहरुले उनीहरुलाई रोक्न गाह्रो छ । श्रीलंका श्रीलंका प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । तर पछिल्लो प्रदर्शनका कारण श्रीलंकालाई यसपटक दाबेदार मानिएको छैन् । विशेषगरी अघिल्लो संस्करणको विश्वकप जिताउने कुमार सांगाकारा र महेला जयवद्र्धनेको अभाव श्रीलंकालाईं खड्किएको छ । लासिथ मालिङगाले खेल्ने संभावना पनि न्यून हुदाँ श्रीलंकाको बलिङ र ब्याटिङ दुबै कमजो छ । पाकिस्तान : पाकिस्तानको बलियो पक्ष बलिङ हो । महोमद्ध आमिर, महोमद्ध सामी र वहाव रियाजजस्ता बलरहरु प्रतियोगितामा चम्कन सक्छन् । तर पाकिस्तानको ब्याटिङमा समस्या छ । महोमद्ध हाफिज र अहमद सेहजादजस्ता विश्वस्तरीय खेलाडी अहिले फर्ममा छैनन् । हाफिजले श्रीलंका विरुद्ध वार्मअप म्याचमा ७० रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । उमर अकमल, सोयब मलिक र सर्फराज अहमदले राम्रो ब्याटिङ गर्नसके मात्रै पाकिस्तानबाट ठूलो आशा गर्न सकिन्छ । न्युजिल्याण्ड स्टार ब्याट्सम्यान ब्रेन्डन म्याककूलमको सन्यासको मारमा न्युजिल्याण्ड परेको छ । त्यसैले न्युजिल्याण्डले जीत निकाल्ने हो भने अन्य टिमलाई सस्तो योगफलमा समेट्नुपर्छ । टिम साउथी र टेन्ट्र बोल्टजस्ता खतरनाक बलरहरु चम्कन सके न्युजिल्याण्डले जस्तोसुकै टोलीलाई पनि दबाबमा पार्नसक्छ । वेस्ट इन्डिज अलराउन्डर धेरै छन् । तर बेस्ट इन्डिजको प्रदर्शन एकरुपको छैन् । ड्वायेन ब्राभो, क्रिस गेल, आन्द्रे रुसालजस्ता बिग हिटरहरु चम्कन सके वेस्ट इन्डिजले जस्तोसुकै टोलीलाई पनि हराउने क्षमता राख्छ । सन् २०१२ मा टी–२० विश्वकप जितेका कारण पनि वेस्ट इन्डिजलाई कमजोर आँक्ने अवस्था छ्रैन् । इंग्ल्याण्ड टी–२० मा इंग्ल्याण्डसँग धेरै राम्रा खेलाडी छैनन् । एलेक्स हेल्स इंग्ल्याण्डका हेर्नलायक खेलाडी हुन् । उनको स्ट्राइक राम्रो छ । त्यसैले उनले गर्ने प्रदर्शनले इंग्ल्याण्डको यात्रा तय गर्छ । खेलाडी देखिन्न । हेल भन्ने राम्रो छ ।स्टाइक राम्रो छ । टेलर राम्रो छ । उनीहरुले राम्रो खेले भने जे पनि हुनसक्छ । बंगलादेश बंगलादेशको प्रदर्शन तमिम इकबाल, सौम्य सर्कार र सकिब अल हसनको प्रदर्शनमा भरपर्छ । हसन विश्वकै उत्कृष्ट अलराउन्डमध्ये एक मानिन्छन् । टोलीमा रहेका युवा खेलाडीहरुमा पनि बेग्लै जोश छ । अफगानिस्तान सुपर एटमा एशोसियटतर्फको एक्लो प्रतिनिधी अफगानिस्तानसामू ठूला टोलीलाई माथ खुवाउने अवसर छ । २०१० मा भारत र दक्षिण अफ्रिकासँग पराजित भएपछि समूह चरणबाटै बाहिरिएको अफगानिस्तान २०१२ मा पनि भारत र इंग्ल्याण्डसँग पराजित भएर समूह चरणबाटै घर फर्किको थियो । २०१४ मा नेपालसँगको हारका कारण सुपर एटमा पुग्न असफल अफगानिस्तानले यसपटक इतिहासमै पहिलो पटक सुपर एटमा स्थान बनाएको छ । दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र इंग्ल्याण्ड सम्मिलित समूहमा रहेको अफगानिस्तान यसपटक ठूला टिम विरुद्ध कमसे कम एक जीत हात पार्न आतूर छ । समूह चरणमा एउटै मात्रै खेल जित्न सके पनि त्यो अफगानिस्तान क्रिकेटका लागि नयाँ इतिहास हुनेछ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण