दोहली श्रोतकेन्द्रद्वारा विद्यालयलाई कम्प्युटर प्रदान
गुल्मी – बिद्यालय स्तरबाटै सूचना सञ्चार र प्रविधिको सीप युक्त जनशक्ति तयार गर्ने उदेश्यले गुल्मीको दोहली स्रोतकेन्द्रले एउटा राम्रो अभ्यासको थालनी गरेको छ । एक बिद्यालय एक कम्प्युटर अभियान संचालन गरी केन्द्रले बिद्यालयहरुलाई आधुनिक प्रविधिसंग परिचित हुने सीप र प्रविधियूक्त जनशक्ति उत्पादनको थलो बनाउने उसले थालनी गरेको छ । जुन कार्यक्रमलाई सफल बनाउन दोहली स्रोत केन्द्रले अहिले एक विद्यालय कम्तीमा एक कम्प्युटर र कम्प्युटर सम्बन्धी आधारभूत सीपयुक्त जनशक्ति भन्ने कार्ययोजनानै बनाएर लागु गरेको हो । जस अन्तरगत प्रत्येक विद्यालयमा कम्प्युटरको व्यवस्था गर्ने, आधुनिक प्रविधिलाई सिकाईमा उपयोग गराउनका लागि आधारभूत ज्ञान सीप भएको जनशक्ति तयार गर्ने र सूचना तथा सञ्चार प्रविधिलाई माध्यम र विषयका रुपमा उपयोग गरी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य केन्द्रको रहेको स्रोत व्यति लाल बहादुर कुँवरले बताए । यस कार्यक्रमले दोहली स्रोतकेन्द्रका आधारभूत तहदेखि उच्च माध्यमिक तह सम्म प्रत्येक विद्यालयमा सूचना र सञ्चार प्रविधि लाई सिकाईको माध्यम, सामग्री र विषयमा रुपमा व्यवस्थित गर्ने योजना रहेको छ । दोहली स्रोतकेन्द्रमा हाल २ वटा उच्च मावि , ४ वटा मावि ८ निमावि र २० वटा प्रावि गरी ३४ वटा सामुदायिक विद्यालय रहेकाछन् । त्यस्तै स्ांस्थागत तर्फ नि.मा.वि. १ र प्राथमिक ३ गरी जम्मा ३८ वटा विद्यालयहरु रहेका छन् । यो अभियान लागु हुनुपुर्व स्रोत केन्द्र अन्तरगतका सामुदायिक बिद्यालय तर्फ राम राज्य उमावि दोहली, अर्जे उमावि अर्जे, ठाढुङ्गा मावि दर्लामचौर, आनन्दपुर मावि इस्मा रजस्थल, जमलपोखरा मावि छापहिले र रानीपोखरी निमावि अर्जेमा केहि थान कम्प्युटर खरिद गरी प्रयोगमा ल्याइएको थियो । भने संथागत तर्फ सिद्ध प्रावि इङ्गलिस बोर्डिङ्ग स्कुल अर्जेमा कम्प्युटर संचालनमा रहेका थिए । स्रोत केन्द्रको पहलमा गत मंसीर १५ गते बसेको प्रध्यानाध्यापकहरुको बैठकले यो कार्यक्रमलाई अभियानको रुपमा अगाडि वढाउने प्रतिबद्धता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण