शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कटारी गोल्ड कप : मोरङलाई हराउदै सशस्त्र दोस्रो चरणमा

मङ्गलबार, ०२ चैत २०७२, २० : २०
मङ्गलबार, ०२ चैत २०७२
उदयपुर  - कटारीमा आईतबार देखी जारी सिभिल होम्स दोस्रो कटारी गोल्डकपको मंगलबारको खेलमा मोरंग ११ लाई टाइब्रेकरमा ३ विरुद्ध ४ गोल गर्दै सशस्त्र प्रहरी बल एपिएफ काठमाडौं विजयी भएको छ । खेलको निर्धारित समय बराबरीमा सकिएपछि थपिएको समयमा मोरंगका निराजन खड्काले गोल गर्दै मोरंगलाई अग्रता दिलाएपनि थप समयको अन्तिम समयमा एपिएफका पासाङ्ग लामाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । थप समयपनि बराबरीमा रोकिएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको थियो । टाईब्रेकरमा एपिएफका घनश्याम थापा , मानबहादुर रानामगर ,र रोहित लामाले गोल गरे । त्यसैगरी मोरंगको तर्पmबाट निराजन खड्का र बिक्रम लिम्बुले गोल गरे । खेलको म्यान अफ द म्याच एपिएफका गोलरक्षक रोशन श्रेष्ठ घोषित भए । चैत्र ७ गते सम्म संञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले ७५ हजारका साथमा ट्रफी हात पार्ने छ । प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगितामा बुधबार माईभ्याली फुटबल क्लव इलाम र सप्तरी जिल्ला फुटबल संघ बीच प्रतिष्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप