क, ख पढ्न चार घन्टाको हिँडाइ
बुधबार, ०३ चैत २०७२, ०७ : ५१
सोलुखुम्बु– सोलुखुम्बुको बुङ गाविसका छाडाखोर र नाजिङका विद्यार्थीलाई क, ख पढ्नको लागि चार घन्टाको लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको छ ।
बुङ–९ खिरौलेमा रहेको खिरौले प्राविमा पढ्न आउने छाडाखोरका विद्यार्थी दैनिक कम्तीमा दुईदेखी चार घन्टाभन्दा बढी हिँड्छन् । हिमाली क्षेत्रमा रहेको पातलो बस्ती भएकाले बस्तीका सबैजसो बालबालिका पढ्नका लागि टाढा धाउन बाध्य छन् । बुङ–९ की रामकुमारी कुलुङ भन्छिन्, “बिहान २ घन्टा हिँड्नुपर्छ बेलुका त घरमा अउँदा रात पर्ने भएकाले बालबालिका टर्च बालेर हिँड्न बाध्य छन् ।
हिउँदयाममा टाढाका बालबालिका घर फर्कन अबेला हुने भएकाले विद्यालय पनि साढे ३ बजे नै बिदा दिइने गरिएको छ । बर्खायाममा पनि बाटोमा खोल्साखोल्सी भएकाले बिद्यार्थीलाई समस्या पर्ने गरेको छ । कक्षा ५ सम्म पढाइ हुने खिरौले प्राविको पढाइ सकिएपछि भने डेरामा राखेर सगरमाथा मावि बुङमा पठाउनुपर्छ । टाढा र अभिभावकले कोठा भाडामा राख्न नसक्ने भएकाले धेरै बालबालिकाले प्रावि तहपछिको पढाइ छाड्ने गरेको स्थानीयवासी मौलीधनी कुलुङले बताइन्
करिब दुई हजार ८०० मिटरको उचाइमा पर्ने छाडाखोर, नाजिङ लगायतका बासिन्दा केही खेतीपाती, पशुपालन र पर्यटकीय याममा होटल पसल गर्छन् भने प्रायः सबै पुरुष पर्यटकीय याममा पर्यटकको भारी बोक्न खुम्बु क्षेत्र जाने गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण