ग्यास अनलोड भएपछि नबाँडे डिपो नै सिलबन्दी
बुधबार, ०३ चैत २०७२, ०७ : ५३
दमौली– जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा खटिएको एक टोलीले मङ्गलबार दमौली बजारमा रहेका ग्यासका डिपोको अनुगमन गरेको छ ।
टोलीले दमौली बजारमा रहेका दमौली सप्लायर्स, डी एन्ड डी, मङ्गल भाँडा पसल, मल्ल भाँडा पसल लगायतका ग्यास बिक्री गर्ने डिपोको अनुगमन गरिएको हो । ग्यास बिक्रेताले उपभोक्तालाई पुराना सिलिन्डर बिक्री गर्न छाडेर नयाँ सिलिन्डर किन्न बाध्य पारेको गुनासो बढेपछि अनुगमन गर्न टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बताए ।
अनुगमनका क्रममा गोदाममा भेटिएका सिलिन्डर तत्कालै उपभोक्तालाई चलनचल्तीको मूल्यमा वितरण गरिएको बताइएको छ । अनुगमनका क्रममा कतिपय शङ्कास्पद गतिविधिसमेत देखिएकाले अबदेखि ग्यास अनलोड भएको तीन दिनभित्रै सबै ग्यास उपभोक्तालाई वितरण गर्न आवश्यक निर्देशन दिइएको प्रशासनले जनाएको छ । त्यसरी ग्यास वितरण नगरी पुनः गोदाममा राखेर चर्को मूल्यमा बिक्री गरेको फेला परेमा सिलबन्दी गरिने बताइएको छ । टोलीमा व्यास नगरपालिकाका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण