रिचार्जकार्ड बिक्रेता रेग्मी बेपत्ता
बुधबार, ०३ चैत २०७२, ०७ : ५५
पाँचथर - पाँचथरको रविबजारमा चुरोट र मोबाइल रिचार्ज कार्डको होलसेल बिक्रेता दिनेश रेग्मी सोमबार बेलुकादेखि बेपत्ता छन् ।
छिमेकी जङ्गलमा उनको मोटरसाइकल र मोबाइल भेटिएको छ । स्थानीयवासीका अनुसार २७ वर्षीय रेग्मी पसलबाट सोमबार दिउँसो ४ बजेतिर छिमेकी सराङडाँडा गाविसमा होम टिभी बिग्रेकाले बनाउन खबर आएको भन्दै मोटरसाइकलमा त्यसतर्फ लागेका थिए । रवि बजारबाट हिँडेपछि सम्पर्कविहीन रहेका उनको मोटरसाइकल १५ मिनेट जतिको दूरीमा रहेको छिमेकी इलाम जिल्लाको फुँयतप्पा–७ को राउते भन्ने जङ्गलमा लडाएको अवस्थामा भेटिएको छ ।
सोमबार बेलुका आइपुग्ने भन्दै हिँडेका उनी अबेरसम्म नफर्केपछि छिमेकीले उनको पसल भने बन्द गरिदिएर मङ्गलबार बिहानै प्रहरीमा खबर गरेका थिए । स्थानीय बासिन्दासँगको सहकार्यमा उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रविका इन्चार्ज गीतनारायण चौधरीले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण