शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीन भ्रमणबारे प्रम ओलीले भारतीय विदेश मन्त्रीलाई ब्रिफ गर्ने

बुधबार, ०३ चैत २०७२, १० : ०२
बुधबार, ०३ चैत २०७२
काठमाडौं – पोखरामा जारी सार्क मन्त्री स्तरीय बैठकका दौरान भारतीय विदेश मन्त्री सुस्मा स्वारज र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ‘साइडलाइन’ वार्ता हुने भएको छ । भारतका लागि नेपालका राजदूत दीप कुमार उपाध्यायका अनुसार प्रमको चीन भ्रमणको प्रम ओली र स्वराज ‘महत्वपूर्ण’ दुई पक्षीय वार्ता हुनेछ । द हिन्दुसँग कुरा गर्दै राजदूत उपाध्यायले भनेका छन्, ‘चीन भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो विदेश भ्रमण हो । हामीले यो भ्रमण एतिहासिक हुने आशा गरेका छौं । त्यही भएर प्रधानमन्त्री ओलीले विदेश मन्त्री स्वराजलाई भ्रमणको बारेमा जानकारी गराउने छन् ।’ प्रधानमन्त्री ओली चैत ७ गते साताव्यापी चीन भ्रमणमा जाँदै छन् । स्वराज बुधबार नेपाल आइपुग्ने छिन् र बिहिबार कमल थापासँग द्विपक्षीय वार्ता गर्ने छिन् । भारतका विदेश सचिव एस जयशंकर नेपाल आइ सकेका छन् । यसबीच उनले विभिन्न राजनीतिक भेटघाट गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप