सिटी पहिलो पटक च्याम्पियन्स लिगको क्वाटर फाइनलमा
म्यान्चेस्टर – दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिए पनि म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा डायनामो किएभमाथि ३–१ ले जित निकालेको सिटी अन्तिम आठमा प्रवेश गरेको हो । खेलको शुरुवातमै भिन्सेन्ट कोम्पानी र निकोलास आटामेन्डीलाई घाइते भएपछि गुमाएको सिटीले खेलमा राम्रो प्रदर्शन गर्न सकेन । जिजस नाभासको प्रहार पोस्टमा लागेको थियो भने याया टुरेको प्रयास किएभका गोलकिपरले बचाएका थिए । गत महिना लिग कप जितेको सिटीले अर्को उपाधि जित्ने सम्भावना भनेको च्याम्पियन्स लिगमात्र बाँकी रहेको छ । लिगमा शीर्ष स्थानमा रहेको लेस्टर सिटीभन्दा १२ अंकले पछि परेको छ । उता, पेनाल्टी सुटआउटमा डच च्याम्पियन पिएसभीलाई ८–७ गोलअन्तरले हराउँदै एथ्लेटिको म्याड्रिड पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै लेग गोलरहित बराबरीमा पुगेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा शुरुवाती १४ पेनाल्टी गोलमा परिणत भएको थियो । पीएसभीका लुसियानो नरसिंहले पेनाल्टी मिस गरेपछि जुआनफ्रानले विजयी गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण