काठमाडौंमा ‘फाइभस्टार लेभल’को शैलुन
बुधबार, ०३ चैत २०७२, १० : ३६
काठमाडौँ- १५ वर्षको उमेरमा साथीको लहैलहैमा लागेर पढ्न छाडेर राज लामिछाने भारतको नयाँ दिल्लीतिर लागे । सामान्य परिवारमा जन्मिएका राज छिट्टै पैसा कमाउन चाहान्थे । त्यतिबेला भारत जानेवित्तिकै पैसा फटाफट कमाई हुन्छ भन्ने उनले बुझेका थिए । गाउँका केही साथीहरुसंग जब उनी भारत पुगे तब थाहा पाए, पैसा कमाउन निकै कठिन छ । जानपहिचानका केही साथीहरुसंग उनले त्यहाँ पुगेर काम लगाइदिन अनुनय गरे । उनीभन्दा अघि पनि उनकै गाउँबाट केही युवा त्यहाँ गएकाले काम पाउन उनलाई त्यति गार्हो परेन । १५ वर्षको उमेरबाट उनले नयाँ दिल्लीको एउटा घडी स्वरुममा काम गर्न सुरु गरे । सुरुमा सेल्समेन सहयोगी भएर काम गरेपछि उनी सेल्सम्यानका रुपमा काम गर्न थाले । त्यहाँ ५ महिना काम गरेपछि उनले नेपालमै गर्न सकिने छुट्टै सीपमूलक काम गर्ने विचार गरे । त्यो समय भारतमा हेयर एण्ड विउटी युनिसेक्स सेलुनको व्यापार राम्रो थियो । घडी स्वरुपमा काम गर्दा निकै चिनाजान बढाएका उनले नयाँ दिल्लीमा रहेको एउटा अन्तर्राष्ट्रिय गुणस्तरको हेयर कट एण्ड विउटी सेलुनमा काम गर्न सुरु गरे ।
निकै मेहनति राजले आफ्नो कामबाट सेलुन मालिकलाई रिजाए । उनले त्यही सेलुनमा लामो समय काममात्रै गरेनन्, सोसम्बन्धी डिग्रि बराबरको प्रमाणपत्र पनि हात पारे । झण्डै १५ वर्ष त्यहाँ काम गरेपछि राजले आफ्नो मातृभुमिमा त्यहाँ सिकेको सीप कार्यान्वयन गर्ने विचार गत वर्ष नेपाल फर्किए । उनी नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरकै एउटा हेयर कट एण्ड सोहि अनुसार उनले लोरियल प्रोफेशनल अस्ट्रेलियन ब्रान्च स्टाइल अन म्याटका रुपमा काठमाडौँमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको सेलुन खोलेका छन् । लाजिम्पाटस्थित रहेको सो सेलुनमा अहिले ७ जनालाई उनले रोजगारी पनि दिएका छन् । भारतको राजधानीमा डेढ दशकमा संगालेको अनुभव अहिले राजले नेपालमै प्रयोग गरिरहेका छन् । देशमै रोजगारीको अवसर नहुँदा दैनिक दुइहजारभन्दा बढि युवा विदेशिनु परिरहेको बाध्यताका माझमा राजले आफुलाई स्वावलम्वि उभ्याएका छन् ।
‘फाइभस्टार लेभल’को सेलुन
लोरियल जापानीज ब्राण्डको नाम हो । यो विश्वमै प्रख्यात छ । स्टाइल अन मेट अर्थात आकर्षक शैलीको साथी भनेर उनले उच्च गुणस्तरको सेलुन खोलेका हुन् । लाजिम्पाटस्थित विगमार्टसंगै रहेको एयर विल्डिङको तेस्रो तल्लामा रहेको सो शेलुनमा जाने जो कोहीले पनि झट्ट हेर्दा विदेशमै रहेको महशुस गर्छन् । झन् सर्भिसपछि त पल्किन्छन् नै । उच्च गुणस्तरका औजार र कपार र छालाअनुसारका केमिकल्सहरु राखिएको लोरियललाई काडमाडौमै पहिलो अन्तर्राष्ट्रिय शाखाको रुपमा लिइएको छ ।
यस्तै लोरियलमा राजले आफै तालीम पनि दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण