शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय इन्जिनियर मृत भेटिए

बुधबार, ०३ चैत २०७२, १० : ३९
बुधबार, ०३ चैत २०७२

बाँके -  नेपालगन्जको एक होटलमा मंगलबार एक भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन् । नेपालगन्जस्थित धम्बोझी नजिकै रहेको होटल सम्मानमा सोमबार राति बास बसेका अन्दाजी ४५/५० वर्षका भारतीय नागरिक जेआर सिंह मंगलबार बिहान मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । सिंह गनापुरस्थित एक कम्पनीका इन्जिनियर भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताए । यसअघि पनि एक हप्ताअगाडि न्युरोडको कस्तुरी होटलमा बास बसेका एकजना बेलायती नागरिक मृत भेटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप