शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फागु पर्व आजदेखि सुरु

बुधबार, ०३ चैत २०७२, १० : ४१
बुधबार, ०३ चैत २०७२

काठमाडौँ - प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा ठडाइने रङ्गीचङ्गी चीर आज विधिवत् रुपमा ठडाइएपछि यस वर्षको फागुपर्व आजदेखि सुरु भएको छ । आज बिहान करिब ८ बजेको शुभसाइतमा विशेष पूजा गरी त्यसलाई ठडाइएको हो । वसन्त ऋतुमा पर्ने फागु पूर्णिमा यसपटक यही चैत ९ गते परेको छ । बाँसको ध्वजापताका बनाएर चीर ठडाइएपछि उक्त स्थानमा अहिले दर्शन गर्ने भक्तजनको उपस्थिति बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप