१७ हजार ४५१ फरार अपराधी पक्राउ गर्न विशेष अभियान
बुधबार, ०३ चैत २०७२, १० : ४२
मोरङ –अदालतले कैद जरिवाना तोकेपनि पूर्वमा फरार रहेका अपराधीलाई पक्राउ गर्न प्रहरीले विशेष अभियान नै चलाएको छ ।
पूर्वाञ्चलमा फरार रहेका १७ हजारभन्दा धेरै अपराधीलाई पक्राउ गर्न विशेष अभियान नै चलाइएको क्षेत्रीय प्रहरी कार्यालय मोरङ विराटनगरले जनाएको छ । पूर्वमा फरार सूचीमा रहेकामध्ये पचास प्रतिशतभन्दा धेरैलाई पक्राउ गरेर जेल चलान तथा जरिवाना भराउने प्रहरीले लक्ष्य लिएको छ ।
फरार अभियुक्त पक्राउ गर्ने विशेष अभियान नै सुरु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले जानकारी दिए। क्षेत्रीय प्रहरी कार्यालयका अनुसार पूर्वमा १७ हजार ४५१ अपराधी फरार सूचीमा छन् । प्रहरीका अनुसार मेची अञ्चलमा सबैभन्दा धेरै फरार अपराधी छन् जसको सङ्ख्या तीन हजार ५७० छ । कोसीमा ३७६ र सगरमाथामा एक हजार १२ जना रहेका छन् ।
हिरोइनसहित दुईजना पक्राउ
यसैबीच, मोरङको उर्लावारीबाट मङ्गलबार ६ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । उर्लावारी–१ स्थित भेटघाट होटल अगाडिबाट भारतबाट खुट्टामा सेतो पानीटेपले बाँधेर लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी–७ सिरुझर बस्ने २७ वर्षीय उमेश चौधरी र उर्लावारी–६ थापा चौक बस्ने २६ वर्षीय सुदीप थापा रहेका छन् ।
उनीहरुलाई क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुले प्रयोग गरेको मे ५ प ६३२८ नम्बरको कालो पल्सर मोटरसाइकल समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ ।
यसैगरी, मोरङको विराटनगर बसपार्कबाट प्रहरीले मङ्गलबार साँझ लागुऔषध सहित एक किशोरलाई पक्राउ गरेको छ ।
भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा सुनसरीको इटहरी–४ का १८ वर्षीय विशाल परियारलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए । शरीर खातलासी गर्ने क्रममा परियारको गोजीमा लागुऔषध फेला परेको थियो । एभिल दुई, डिजिल्याब दुई, लुपिजेसिक दुई र दुई थान सिरिन्ज साथमा भेटिएपछि उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण