चीनसँग व्यापारिक सम्झौता गर्न चुुरे भावरको सुझाव
बुधबार, ०३ चैत २०७२, १० : ४४
काठमाडौँ - चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा इन्धन आयातका साथै अन्य व्यापारिक सम्झौता गर्न पनि सुझाव दिएको छ । प्रधानमन्त्री ओली यही चैत ७ देखि १४ गतेसम्म चीनको भ्रमणमा जाँदै छन् । मधेसी दलले भ्रमणका समयमा महत्वपूर्ण सम्झौता नगर्न आग्रह गरिरहेका बेला चुरे भावरले भने प्रधानमन्त्रीले आफ्नो मुलुकको स्वार्थ, राष्ट्रियता, स्वाधीनताका साथै वाणिज्य तथा पारवहनको विषयलाई ध्यान दिई अगाडि बढ्नु दुई मुलुकको हित र अहिलेको प्रमुख आवश्यकता भएको स्पष्ट पारेको छ । सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज एक प्रेस विज्ञप्ति जारी गरी नेपाली भूमि लिपुलेकमा चीन र भारतले नाका खोल्न गरेको सम्झौताका विषयमा पनि कुरा उठाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण