शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपराधिक घटनाको दृष्टिकोणले दाङ राप्तीकै पहिलो सूचिमा

बुधबार, ०३ चैत २०७२, १० : ५६
बुधबार, ०३ चैत २०७२

दाङ–राप्ती अञ्चलका ५ जिल्ला मध्ये दाङ विभिन्न अपराधिक घटनाको दृष्टिकोणले अग्रपंक्तिमा रहेको अंचल प्रहरी कार्यालय राप्ती, तुलसीपुरले जनाएको छ । आर्थिक बर्ष सुरु भएयता माघ महिना सम्म राप्तीका दाङ, सल्यान, रोल्पा, रुकुम र प्युठानमा भएका एक सय एक वटा विभिन्न अपराधिक घटना मध्ये दाङमा मात्रै ४८ वटा घटना भएका छन् । त्यसैगरी १९ वटा अपराधिक घटना घटेको सल्यान दोस्रो स्थानमा परेको छ भने सबैभन्दा कम अपराधिक घटना हुने जिल्लाको सूचिमा रोल्पा परेको छ । अञ्चल प्रहरी कार्यालय राप्तीका अपराधअनुसन्धान शाखका प्रमुख गौरीसंकर बस्नेतका अनुसार दाङमा कर्तव्य ज्यान ९, ज्यानमार्ने उद्योग १३, जबरजस्ती करणी १५, हातहतियार तथा खरखजाना २, लागुऔषध ८ र गर्भपतन एक गरि ४८ वटा घटनामा मुद्दा दर्ता भएको छ । त् यसैगरी सल्यानमा कर्तब्य ज्यानमा ९, ज्यानमार्ने उद्योग ४, जबरजस्ती करणी २, हातहतियार तथा खरखजाना १, डाँका चोरी १ र मानब बेचबिखन ओसारपसारमा २ गरि १९ वटा घटना भएका छन् । त्यसैगरी रुकुमममा कर्तज्यान सम्बन्धि ४, ज्यानमार्ने उद्योग १, जबरजस्ती करणी ३, हातहतियार खरखजना २, डाँका चोरी १ लागुऔंषध २ , र मानब बेचबिखन आसारपसारमा २ र जबरजसती करणीउद्योग १ गरि १६ वटा घटना भएका छन् ।

त्यसैगरी रोल्पामा कर्तज्यानमा २, ज्यानमार्ने उद्योग २, जबरजस्ती करणी १, हातहतियार खरखजना १, सहित ६ वटा घटना भएका छन् भने प्युठानमा कर्तज्यान सम्बन्धि ७, जबरजस्ती करणी ३, करणी उद्योग २, गरि १२ वटा घटना भएका छन् । आर्थिक बर्ष २०७१–२०७२ को एक बर्षमा राप्तीका पाँच वटा जिल्लामा एक सय ७१ वटा अपराधिक घटना घटेका थिए ।

यता राप्तीअञ्चल प्रहरी कार्यालय राप्ती तुलसीपुरका निमित्त प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले अबसर चुनौति दुबै भएको ठाउँमा अपराधिक घटना संगै जोडिएर आउने भएकाले अन्य जिल्लाको तुलनमा दाङ अग्र पंक्तिमा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप