पाकिस्तानमा सरकारी कर्मचारी चढेको बसमा बम बिस्फोट, १५ को मृत्यु
पेशावर – पाकिस्तानको पेशावर शहरमा बुधबार बिहान सरकार कर्मचारीहरुलाई लगिरहेको बसमा बम विस्फोटहुँदा कम्तिमा १५ जनाको निधन भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको स्थिति गम्भिर रहेको बताइएको छ । ‘ड्वन न्युज’ का अनुसार उक्त बस सरकारी कर्मचारीका लागि प्रयोग गरिन्थ्यो । बुधबार उक्त बस सिभिल सेक्रेटरियटतर्फ गइरहेको थियो । मारदानमा रहेको सुनहरी मस्जिद क्षेत्रमा पुगेपछि बसमा ठूलो विस्फोट भएको थियो । अहिलेसम्म कुनै पनि आतंकी संगठनले यसको जिम्मेवारी लिएको छैन । सबै घाइतेहरुलाई लेडी रिडिङ अस्पतालमा भर्ना गरिएको थियो । पेशावरका एसपी मोहम्मद काशिफका अनुसार बसमा शुरुमा नै बम राखिएको थियो । मारिनेमा एक जना प्रहरी पनि रहेको बताइएको छ । अघिल्लो वर्ष पेशावरको एक स्कूलमा भएको आतंकवादी हमला हुँदा १ सय ४० विद्यार्थी र शिक्षक मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण