भारी हिमपात र वर्षाले डोल्पाली कृषकहरुमा उत्साह
डोल्पा –जिल्ला कृषि विकास कार्यालयका अनुसार झण्डै असी प्रतिशत जमिन भिरालो भएकाले सिंचाईको पँहुच पु¥याउन सकिएको छैन भने बाँकि बिस प्रतिशत जमिनमा पनि राम्रो संग सिंचाई हुन सकेको छैन । डोल्पामा खेतियोग्य जमिन भनेको दुईप्रतिशत मात्र रहेकाले उत्पादन नगन्य मात्रामा हुन्छ यद्यपि धेरैजसो बलौटे माटो भएकाले अन्नबालीहरुको उत्पादनभन्दा फलफुलको उत्पादन धेरैहुने गर्दछ । त्यसैपनि उत्पादन कमहुने डोल्पामा खडेरीले गर्दा सबैठाँउमा लगाईएको अन्नबाली सुक्न थालेको थियो । लामोसमयदेखि पानी नपरेर खडरी परेकाले खेतबारीमा लगाइएको अन्नबालीहरु सुक्न थालेपछि बर्षभरी कसरी गुजारा गर्ने भनेर डोल्पालीहरु चिन्तित भएका थिए । तर, जिल्ला भरीनै आईतबार देखि लगातार तिनदिन सम्म भारी हिमपात र बर्षात भएपछि अन्नबाली सप्रने आसामा डोल्पालीहरुमा खुसियालि छाएको छ । डोल्पाको त्रिपुराकोट गा बि सको रसी,करेलिकाँडा,काईगँउ,दुन गा बि स का बिभिन्न गाँउहरुमा हिमपातका साथसाथै भारी बर्षात भएको थियो । बर्षातले गर्दा खेतमा लगाईएका आलु,गहुँ,जाँै,उवा लगाएतका अन्नबालिहरुको उत्पादनमा बृदिहुने स्थानिय कृषक भिम प्रसाद देबकोटाले बताए ।
यस पटक परेको पानी र हिमपातले कृषकहरु मात्र उत्साहित नभएर यार्सासंकलकहरुमा पनि उत्साह थपिएको छ । यार्सागुम्बाका लागि अत्याधिक चिसो आवाश्यक पर्ने भएकाले यस पटक परेको हिमपात र पानीले यार्सागुम्बाको परिमाण र गुणस्तरमा समेत बृद्धिहुने स्थानिय संकलकहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण