शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खुकुरी मार्सल आर्ट्समा थापा

बुधबार, ०३ चैत २०७२, ११ : २८
बुधबार, ०३ चैत २०७२

काठमाडौं– नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको पहिलो साधारणसभाले कुलबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । थापा यसअघिको तदर्थ समितिमा पनि अध्यक्ष थिए । स्यूचटारमा भएको साधारणसभाबाट दाताराम काफ्लेले उपाध्यक्ष, रनबहादुर बोगटीले महासचिव तथा विपना शर्माले कोषाध्यक्षको जिम्मेवारी पाए । लक्ष्मीप्रसाद त्रिपाठी, ख्यामनारायण पौडेल र धनीप्रसाद छन्त्याल सदस्यमा चयन भए । नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य उपेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गरे भने राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । नवनिर्वाचित थापाले नेपालीको शानका रुपमा रहेको खुकुरीलाई विभिन्न कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप