शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बंगलादेशको केन्द्रीय बैंकबाट १ अर्ब चोरी प्रकरण : बैंक प्रमुखद्वारा राजीनामा

बुधबार, ०३ चैत २०७२, ११ : ३२
बुधबार, ०३ चैत २०७२

ढाका – साइबर चोरहरुले बंगलादेशको केन्द्रीय बैंकबाट १ सय मिलियन डलर चोरी भएपछि बैंकका प्रमुख अतिउर रहमानले राजीनामा दिएका छन् । बैंकको अमेरिकाको न्युयोर्कमा रहेको फेडेरल रिजर्भ बैंकमा रहेको खाताबाट पैसा चारेको हो । रहमानले प्रधानमन्त्री शेख हसिनालाई आफ्नो राजीनमा बुझाएका हुन् ।

साइबर चोरहरुले बंगलादेशको केन्द्रीय बैंकबाट १ खर्ब रुपैयाँ चोरी गर्न खाजेका थिए । ह्याकरहरुले समूहले बैंकका अधिकारीहरुको तथ्यांक प्रयोग गरेर उक्त चोरी गर्न खोजेको रोयटर्सले बैंकका अधिकारीहरुलाई उद्धृत गर्दै लेखेको थियो । ह्याकरहरुको उद्देश्य सफल भएको भए बैंकबाट लगभग १ बिलियन डलर चोरी हुने बताइएको छ । तर, अन्य बैंकमा कारोबारको मात्रा शंकास्पद रुपमा बढेपछि उनीहरुको योजना पर्दाफास भएको थियो । उनीहरुको योजना थाहा पाउँदासम्म कम्प्युटर ह्याकरहरुले १ सय मिलियन डलर (१ अर्ब रुपैयाँभन्दा बढी) चोरी गर्न भ्याइसकेका थिए । यो घटना करिब एक महिनाअघि भएको थियो । उनीहरुले चोरी गरेको रकम श्रीलंका र फिलिपन्सको बैंक खातामा जम्मा भएको रोयटर्सले जनाएको छ । उक्त पैसा फिर्ता ल्याउन केन्द्रीय बैंकले प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप