कारोबारीसहित अवैध २४ सय लिटर इन्धन बरामद
चितवन - अवैधरुपमा इन्धन कारोबार नियन्त्रण अभियान सुरु गरेको यहाँको प्रहरीले गए राति दुई हजार ४०० लिटर इन्धनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढले भरतपुर नगरपालिका–४ कमलनगरस्थित एक कवाडी पसलबाट दुई हजार १०० लिटर डिजेल, ३०० लिटर पेट्रोलसहित रु ५२ हजार नगद नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार कारोबारमा संलग्न भएको अभियोगमा कवाड पसलका सञ्चालक स्थानीय ३० वर्षीय टङ्क थापा र उनका सहयोगी भरतपुर उपमहानगरपालिका–२१ बस्ने सुरज बोहोरा र कविलास गाविस–२ बस्ने सुमन विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ ।
गए राति १० बजेको समयमा अवैधरुपमा इन्धन ल्याएर भण्डारण गरी बिक्री गरेको सुराक पाएपछि प्रहरी निरीक्षक थापाको नेतृत्वमा गएको टोलीले ना१क ३१०४ नम्बरको ट्रकमा र पसलभित्र रहेको इन्धन ट्रकसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला र मातहतका निकायले अवैधरुपमा ल्याएका र भण्डारण गरेका इन्धन जफत गर्ने अभियान सञ्चालन गरिएको बताउनुभयो । जिल्ला प्रहरीले यसअघि पटकपटक अवैध इन्धन बरामद गरेको थियो ।
पर्साको ठोरी हुँदै चितवनको माडीको बाटो प्रयोग गरेर नाकाबन्दीको समयमा दैनिक एक लाख ५० हजार लिटर इन्धन भित्रिँदै आएको चितवनमा नाकाबन्दी खुलेपछि पनि इन्धन भने सहज हुन सकेको छैन । स्थानीय प्रशासनले ठोरीको बाटो पूर्ण नियन्त्रणमा लिए पनि जिल्लामा इन्धनको कालोबजारी भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण