होटल सञ्चालकसहित यौनधन्दामा संलग्न दुई जोडी रङ्गेहात पक्राउ
बुधबार, ०३ चैत २०७२, १२ : ११
सप्तरी– अवैध यौनधन्दा गर्ने होटल सञ्चालकसहित पाँच जनालाई आज रङ्गेहात पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सीतापुर–२ स्थित न्यु युनिक होटेलमा यौनधन्दा गर्ने क्रममा दुई जना युवा र दुई जना युवतीलाई रङ्गेहात पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताए ।
पक्राउ पर्नेमा होटलका सञ्चालक सिरहा लहान नगरपालिका–३ का ३२ वर्षीय विजयकुमार महतो, भारतको मधुवनी लौकाहा ग्राम पञ्चायत २ निवासी २२ वर्षीय सुनिलकुमार साह र सोही ठाउँका २० वर्षीय विनोदकुमार साह तथा दुई जना युवती रहेको प्रहरी निरीक्षक महतले जानकारी दिए ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको र उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले त यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण