शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी विद्यार्थीलाई उत्तर कोरियामा १५ वर्ष कडा श्रमको सजाय

बुधबार, ०३ चैत २०७२, १२ : ४०
बुधबार, ०३ चैत २०७२

प्योङयाङ – राज्यविरुद्धको अपराधको आरोपमा अमेरिकी विद्यार्थी ओटो वार्मबिअरलाई उत्तर कोरियामा १५ वर्षसम्म कडा श्रम गर्ने सजाय सुनाइएको छ । गत जनवरीमा उत्तर कोरियाको भ्रमणमा पुगेका वार्मबिअरलाई होटलबाट प्रापोगाण्डा संकेत चोर्न प्रयास गर्दागर्दै पक्राउ गरिएको थियो । भर्जिनिया विश्वविद्यालयका विद्यार्थी २१ वर्षीय वार्मबिअर गत जनवरी २ मा पक्राउ परेका थिए । उनले याङगाक्डो अन्तर्राष्ट्रिय होटलमा चोरी गर्ने प्रयास गरेका थिए । उनीमाथि ‘कोरियाको राष्ट्रिय एकता ध्वस्त पार्न खोजेको’ आरोप लगाउँदै अमेरिकी सरकारबाट परिचालित रहेको आरोप लगाइएको छ । पछि उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यममा उपस्थित हुँदै उनले चोरी गरेको स्वीकार गरेका थिए । कोरिया भ्रमणको चिनोको रुपमा उनले उक्त संकेत लान खोजेको बताएका थिए । आँखाभरि आँशु लिएर पत्रकार सम्मेलनमा आएका उनले ‘आफ्नो जीवनको सबैभन्दा ठूलो भूल’ भएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप