‘मिनी सार्क’ मा सचिव स्तरीय बैठक जारी
पोखरा – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पोखरामा जारी विदेश मन्त्रीस्तरीय बैठक अन्तर्गत आज सचिव स्तरीय बैंठक चलिरहेको छ । ४२ औं विदेश सचिव स्तरीय बैंठकमा आज दिनभर ५२ औं कार्यक्रम समिति वैंठकले पारित गरेका एजेण्डामाथि छलफल हुनेछ । हिजो र अस्ति दुई दिन चलेको सार्क डेक्स हेर्ने सहसचिव स्तरीय कार्यक्रम समिति बैंठकले आतंकवाद नियन्त्रणको लागि संयन्त्र गठन, सार्क विकास कोषको उपयोगिता, सार्क उर्जा सेन्टर स्थापना, कृषी उत्पादनमा आधुनिकिकरण, सार्क विश्वबिद्यालय लगायतका विषय उडान गरेको छ । यसैविच भोलि हुने ३७ औं विदेश मन्त्री स्तरीय बैंठकमा सहभागि हुन सबै सदस्य मुलुकका विदेशमन्त्रीहरु आज पोखरा आउनेछन् । वैंठक उद्घाटनको लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि आजै पोखरा आउने कार्यक्रम छ । बैंठकमा सहभागि हुन उपप्रधान एबं परराष्ट्र मन्त्री कमल थापा हिजो नै पोखरा आइसकेका छन् । भोलिको बैंठकमा ६ सदस्य मुलुकका विदेशमन्त्री तथा अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण