सारापोभा राष्ट्रसंघकोे सद्भावना दूतबाट निलम्बित
बुधबार, ०३ चैत २०७२, १२ : ४२
न्युयोर्क– डोपिङमा असफल भएकी टेनिस सुन्दरी मारिया सारापोभालाई संयुक्त राष्ट्रसंघले आफ्नो सद्भावना दूतबाट निलम्बन गरेको छ । गत जनवरीमा २८ वर्षीय रसियन स्टारले मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि १२ मार्चमा निलम्बनमा परेकी थिइन् । युएनडिपीद्वारा जारी विज्ञप्तिमा अनुसन्धान अवधिभर सारापोभालाई निलम्बन गरिएको उल्लेख गरिएको छ । उनलाई हालसम्म गरेको सहयोगका लागि धन्यवाद समेत दिइएको छ । सारापोभा सन् २००७ देखि सद्भावना दूत रहेकी थिइन् । यसअघि, स्र्पोटवेयर कम्पनी नाइकी, घडी निर्माता ट्याग ह्युअर र जर्मन कार कम्पनी पोर्सले पनि सारापोभासँगको सम्बन्ध निलम्बन गरिसकेको छ । सारापोभाले उक्त औषधि आफ्नो स्वास्थ्यका कारण विगत १० वर्षदेखि प्रयोग गरिरहेको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण